Erani Mahal
निस्दीको अर्चलेमा पशु श्रोत तथा व्यवस्थापन तालिम सम्पन्न
ppp
पाल्पा - निस्दी गाउँपालिका वडा नम्बर-६, अर्चले, पाल्पामा पशु तथा स्रोत व्यवस्थापन सम्बन्धि तालिम सम्पन्न भएको छ । अर्चलेको धोबला, सिमलडाँडा र सात्दोबाट टोलहरुमा ३/३ दिन तालिम सन्चालन भएको हो । तालिममा पशुको खोर व्यवस्थापन,पशुलाई लाग्न सक्ने रोगहरु र त्यसको रोकथाम बारे स्ववलम्बन महिला समूहहरुलाई जानकारी गराइएको थियो । महिला स्ववलम्वन समूहका सदस्यहरुको सहभागिता रहेको तालिमको सहजीकरण निस्दी कृषि तथा पशु उद्यमशीलता बिकास परियोजनाका पशु प्राविधिक कुमार सारुले गर्नुभएको हो । निस्दी गाउँपालिका पाल्पाको आर्थिक सहयोगमा सम्पन्न भएको तालिम जनबिकास तथा परिचालन केन्द्रको आयोजनामा सन्चालन भएको हो ।
प्रकाशित मिति: मंगलबार, माघ ११, २०७८  २०:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update