Erani Mahal
बाँसटारी-झडेवा सडककाे सालघारी र बाँसटारी क्षेत्र हिलाम्य !
20220125_100236
पाल्पा – बाँसटारी झडेवा सडक खण्ड पानी परेपछि हिलाम्य बनेकाे छ छ । बाँसटारी झडेवा सडक खण्ड अन्तर्गत सालघारी र बाँसटारी क्षेत्र हिलाम्य बनेकाे छ । शुक्रबारदेखि परेकाे बर्षाका कारण कालाेपत्रे सडक समेत हिलाम्य बनेकाे छ । यसले मंगलबार बिहान केही बेर सडकमा सवारीसाधन समेत संचालन हुन सकेकाे थिएन । बाँसटारी झडेवा सडक खण्ड अन्त्रर्गत सालघारी क्षेत्रमा नाली निर्माणकाे क्रममा ठेकदारकाे लापरबाहीले राताे माटो सडकमै फ्याकिएकाे छ । नाली निर्माणका क्रममा त्यहाँकाे माटाे बाेकेर तिन्टीआँप क्षेत्रकाे खेत समेत पुर्ने काम भएकाे छ । जथाभावी माटाे फ्याक्ने र बाेक्ने कार्यले कालाेपत्रे सडक समेत पानी पर्दा हिलाम्य भएकाे छ भने घाम लागेपछि धुलाम्य हुने गरेकाे यात्रुकाे गुनासाे छ । कालो पत्रे सडक हिल्लामे हुँदा मंगलबार बिहान साना तथा ठूला सवारी साधनहरू बीच बाटोमै अलपत्र परेका थिए । बाँसटारी क्षेत्रमा भने जतिबेला पनि जथाभावी माटाे कटान गर्ने र बाटाेमै माटाे पाेख्ने कार्यले बाटाे क्षतविक्षत बनेकाे छ । नगरपालिकाले यहाँका स्थानीय व्यक्तिलाइ जथाभावी माटाे कटान गर्न दिदा सडक ध्वस्त बनेकाे हाे । केही स्थानीय घडेरीका दलालहरूले बाँसटारी क्षेत्रकाे सिमसार जग्गा पुरेर र डाँडै काटेर घडेरी बनाउने कार्यले बाँसटारी झडेवा सडक हिलाम्य र धुलाम्य बनेकाे स्थानीय बासिन्दाकाे गुनासाे छ । सडक ध्वस्त हुँदा समेत यसकाे संरक्षणमा सम्बन्धित निकायले ध्यान दिन सकेकाे छैन ।
प्रकाशित मिति: मंगलबार, माघ ११, २०७८  १९:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update