Erani Mahal
जिल्ला प्रशासन कार्यालय पाल्पाले मतदाता नामावली संकलन कार्य स्थगित
272375538_618684249226880_1018102522971865785_n
पाल्पा– जिल्ला प्रशासन कार्यालय पाल्पाले फोटो सहितको मतदाता नामावली संकलन कार्य माघ १२ गते देखि स्थगित गर्ने भएको छ । माघ १२ गते बुधबार देखि अर्को सूचना जारी नभए सम्मका लागि जिल्ला प्रशासन कार्यालय पाल्पा, जिल्ला निर्वाचन कार्यालय पाल्पा र इलाका प्रशासन कार्यालय रामपुरबाट हुदैँ आएको फोटो सहितको मतदाता नामावली संकलन कार्य स्थगित गरिएको हो । प्रमुख जिल्ला अधिकारी जगन्ननाथ पन्तका अनुसार फोटो सहितको मतदाता नामावली संकलन गर्दा सेवाग्राहीले मास्क खोलि डिजिटल फोटो खिच्नु पर्ने, औठाछाप लगाउनु पर्ने कार्य धेरै जनाको एउटै किड्सबाट गर्नुपर्ने हुदाँ र जिल्लामा कोभिड–१९ का सक्रिय संक्रमित व्यक्तिको संख्या निरन्तर वृद्धि भएकोले बन्द गरिएको जानकारी दिनुभयो ।
प्रकाशित मिति: मंगलबार, माघ ११, २०७८  १६:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update