Erani Mahal
पाल्पामा मंगलबार ४७ जनामा कोरोना संक्रमण : सक्रिय संक्रमितको संख्या ५ सय ४४ पुग्यो
Child-Corona-Virus-1024x624
पाल्पा – पाल्पामा मंगलबार थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले मगलबार सार्वजनिक गरेको कोरोना रिपोर्टमा जिल्लाका विभिन्न स्थानका ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार माथागढी गाउँपालिकाका २ जना, रामपुर नगरपालिकाका १० जना, पूर्वखोला गाउँपालिकाका ३ जना, रैनादेवी छहरा गाउँपालिकाका २ जना, रम्भा गाउँपालिकाका ३ जना, बगनासकाली गाउँपालिकाका ५ जना, तिनाउँ गाउँपालिकाका १ जना, रिब्दीकोट गाउँपालिकाका २ जना र तानसेन नगरपालिकाका १९ जनामा कोरोना पुष्टि भएको हो । एन्टिजेन र पीसिआर विधिबाट गरिएको ९३ जनाको कोरोना परीक्षणमा थप ४७ जना नयाँ संक्रमित थपिएको र हाल जिल्लामा सक्रिय संक्रमितको संख्या ५ सय ४४ पुगेको सूचना अधिकारी पोखरेलले बताउनुभयो । उहाँका अनुसार सक्रिय संक्रमितमध्ये ७ जना अस्पतालमा भर्ना भएका छन् । यस्तै सोही अवधिमा ७ जना संक्रमित भने संक्रमण मुक्त भएको छन ।
प्रकाशित मिति: मंगलबार, माघ ११, २०७८  १५:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update