Erani Mahal
सिद्धार्थ राजमार्ग छेउका संरचना हटाउन सडक कार्यालयकाे अल्टिमेटम !
sadak vatkaune
पाल्पा – सडक डिभिजन कार्यालय पाल्पाले सडक छेउका घरटहरा हटाउन अल्टिमेटर दिएको छ । सिद्धार्थ राजमार्ग (राम्दी-चिडियाखाेला क्षेत्र) छेउमा सडक मिचेर बनाइएका संरचना घर, टहरा साथै अन्य संरचना तत्काल हटाउन सडक डिभिजन कार्यालय पाल्पाले उर्दी नै जारी गरेको हो । सडक डिभिजनले एक महिनाभित्र सडकको क्षेत्राधिकारभित्र बनेका संरचना हटाउन सूचना प्रकाशित गरेको छ । उक्त सूचनामा पटक पटक सडक कार्यालयले सडक छेउमा बनेका संरचना हटाउन भनेपछि अटेर गरेर हालसम्म पनि कायम राखेका घरटहरा एक महिनाभित्र हटाउन भनेको छ । यदि उक्त संरचना नहटाए सडक कार्यालयले नै उक्त संरचना हटाउने र सम्बन्धित व्यक्तिबाटै उक्त संरचना हटाउन लागेको खर्च अशुलउपर गर्ने जनाएको छ । हेर्नुहोस् सूचना उता स्थानीय बासिन्दाले भने सडक छेउका संरचना हटाउन आफूहरू तयार भएपनि विगतमा भएका सम्झौता कार्यान्वयन गर्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ । विकास निर्माणको काममा आफूहरूले अबरोध नगर्ने बरु सडक छेउमा भएका संरचना हटाउँदा क्षतिपूर्ति दिन उनीहरूले माग गरेका छन् । सडक छेउमा बनेका घरटहराबाट स्थानीय सरकारले बर्सेनि लाखौँ कर उठाएर पनि अहिलेसम्म छलफल नगरेको तिनाउका स्थानीय बासिन्दा कृष्ण पाण्डेयले गुनासाे गर्नुभयाे । उहाँले सडक कार्यालयले समेत समयमै सडक बनाउन नसकेकाे बरू सडक बनाउने बहानामा ढुंगामाटाेकाे व्यापार व्यवसाय गर्नेलाइ प्राेत्साहन गरेकाे दावी गर्नुभयाे ।
प्रकाशित मिति: मंगलबार, माघ ११, २०७८  ११:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update