Erani Mahal
पाल्पामा १७ वर्षकी बालिकालाई जबर्जस्ती गरेकाे आरोपमा युवक पक्राउ
pakrau
पाल्पा – जिल्ला प्रहरी कार्यालय पाल्पाले जबर्जस्ती करणीमा संलग्न भएको आरोपमा एक जना युवालाई पक्राउ गरेको छ । रम्भा गाउँपालिकाकी १७ वर्षकी बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले बर्दिया जिल्ला मधुवन नगरपालिका–३, का २१ वर्षका सागर चौधरीलाई पक्राउ गरेको हो । गत माघ ५ गते बिहान २ बजेतिर रम्भा गाउँपालिकाकी १७ वर्षिया बालिका तानसेन–६, स्थित आफन्तकोमा आउँदा चौधरीले जबर्जस्ती करणी गरेको प्रहरीले जनाएको छ । पीडित बालिकाले माघ ९ गते प्रहरीमा उजुरी दिएपछि मात्रै चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी लक्ष्मण पचभैँयाले बताउनुभयो । थप अनुसन्धान कार्य भईरहेको छ ।
प्रकाशित मिति: सोमबार, माघ १०, २०७८  १७:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update