Erani Mahal
पाल्पामा एकै दिन १६६ जनामा काेराेना संक्रमण : सक्रिय संक्रमितकाे संख्या ५ सय नाघ्याे
Coronavirus positive
पाल्पा – पाल्पामा सोमबार १६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय पाल्पाले दिएको जानकारी अनुसार ७६ जना पुरुष र ९० जना महिला गरी १६६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सोमबार यतिधेरै संख्यामा कोरोना संक्रमण देखिएपछि सक्रिय संक्रमितको संख्या ५ सय नाघेको छ । स्वास्थ्य कार्यालय पाल्पाका स्रोत व्यक्ति अनिता श्रेष्ठका अनुसार सोमबारसम्ममा पाल्पामा कोरोनाका सक्रिय संक्रमित ५०४ जना पुगेका छन् । सोमबार सबैभन्दा बढी तानसेनमा मात्रै ७६ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै रामपुरमा १४, माथागढीमा ३, पूर्वखोलामा ९, रैनादेवी छहरामा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका फोकल पर्सन कृष्ण पोखरेलले बताउनुभयो । पोखरेलले रम्भामा १३, बगनासकालीमा २६, तिनाउमा २ र रिब्दीकोटमा ६ जनामा कोरोना पुष्टि भएको बताउनुभयो । सोमबार ७७ जनाको पीसीआर परीक्षण गर्दा ४७ जनामा कोरोना पुष्टि भएको हो भने २३८ जनामा एनटिजीन गर्दा ११९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । याे कुल परीक्षणकाे ५२ प्रतिशत बढी हाे । कोरोनाका ५०४ जना सक्रिय संक्रमितमध्ये ५ जनाको मात्र अस्पतालमा उपचार भईरहेको छ । बाँकी ४९९ जना होम आइसोलेसनमा रहेका छन् । जिल्लामा काेराेना संक्रमण तीव्र गतिमा बढेपनि अस्पतालमा उपचार गर्ने संक्रमितकाे संख्या भने ज्याँदै कम छ । याे पनि पढ्नुहाेस् : https://eranimahal.com/2022/01/24/23514/
प्रकाशित मिति: सोमबार, माघ १०, २०७८  १६:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update