Erani Mahal
पाल्पामा काेराेना संक्रमित बढ्दैं : अस्पताल भर्ना हुने न्युन
corona34
पाल्पा – जिल्लामा हरेक दिन कोराना परीक्षण गरेको कुल सङ्ख्यामा ६० प्रतिशतभन्दा बढी मानिसमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यद्यपी कोरोना सङ्क्रमण दर बढी भएपनि अस्पतालमा भर्ना हुने सङ्क्रमितको सङ्ख्या भने निकै कम रहेको छ । कोरोनाको दोस्रो लहरका बेला कोरोना सङ्क्रमित भएकामध्ये १५ देखि २० प्रतिशत मानिस अस्पतालमा भर्ना भएर उपचार गर्नुपर्ने अवस्था थियो । अस्पतालका बेड भरिभराउ थिए । एम्बुलेन्स र बिरामी बोक्ने सवारी पाउनै मुस्किल थियो । अक्सिजनको अभाव र समयमै उपचार नहुँदा कतिपयको ज्यान समेत गयो । तर अहिलेको तेस्रो लहरमा ३६५ जना कोरोनाका सक्रिय सङ्क्रमितमध्ये ५ जना मात्र अस्पतालमा भर्ना छन् । दिनहुँ कोरोना सङ्क्रमित हुने मानिसको सङ्ख्या बढेको छ । तर दोस्रो लहरका बेलाजस्तो अस्पतालमा भर्ना हुने सङ्क्रमित छैनन् । अस्पतालमा भर्ना भएकाबाहेक अन्य ३६० जना घरमै आइसोलेसनमा उपचाररत रहेका छन् । जिल्लामा कोरोना बिरुद्धको खोप लगाउने मानिसको सङ्ख्या बढी भएका कारण पनि तेस्रो लहरमा अस्पताल भर्ना हुने सङ्क्रमितको सङ्ख्या कम भएको हुनेसक्ने स्वास्थ्य कार्यालय पाल्पाका फोकल पर्सन कृष्ण पोखरेलले बताउनुभयो । तेस्रो लहरमा कुनैपनि कोरोना सङ्क्रमितको मृत्यु नभएको स्वास्थ्य कार्यालय पाल्पाको भनाई छ । जबकी कोरोनाको पहिलो लहरमा ३५ जना र दोस्रो लहरमा दुई सय २० भन्दा बढी कोरोना सङ्क्रमितको मृत्यु भएको थियो । कोरोनाबाट बच्न सबैभन्दा राम्रो उपाय भनेको कोरोना बिरुद्धको खोप शतप्रतिशत मानिसमा पु¥याउने हो । स्वास्थ्य कार्यालय पाल्पाले जिल्लाका शतप्रतिशत मानिसमा कोरोना बिरुद्धको खोप पु¥याउने अभियानमा रहेको स्वास्थ्य कार्यालय पाल्पाका खोपका फोकल पर्सन विश्व न्यौपानेले बताउनुभयो ।
प्रकाशित मिति: सोमबार, माघ १०, २०७८  १४:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update