Erani Mahal
जिल्ला प्रशासन कार्यालय पाल्पामा अत्यावश्यकबाहेकका अन्य सेवा बन्द
269106333_790867318535741_5472320233590610455_n
पाल्पा– जिल्ला प्रशासन कार्यालय पाल्पाले अत्यावश्यकबाहेकका अन्य सेवा हाललाई स्थगन गरेको छ । कार्यालयमा कार्यरत कर्मचारीलाई कोरोना सङक्रमण देखिएपछि अर्को सूचना जारी नहुँदासम्म अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको हो । प्रमुख जिल्ला अधिकारी जगन्ननाथ पन्तका अनुसार आज (आइतबार)देखि शान्ति सुरक्षाका मुद्दा, फोटोसहितको मतदाता नामावली सङ्कलन र नागरिकता प्रमाणपत्रबाहेकको अन्य सबै सेवा स्थगन गरिएको छ । पछिल्लो समय जिल्लामा सङ्क्रमण बढेको छ । पछिल्लो सयम सरकारी कार्यालयमा अत्यावश्यकभन्दा सामान्य काममा भीडभाड बढेको थियो । सेवाग्राहीले अत्यावश्यक सेवामा आउँदा अनिवार्यरूपमा कोरोनाविरुद्धको खोप लगाएको कार्ड देखाउनुपर्ने, मास्क लगाउनुपर्ने व्यवस्था गरिएको छ । content/uploads/2022/01/269106333_790867318535741_5472320233590610455_n-558x768.jpg" alt="" width="558" height="768" class="alignnone size-large wp-image-23500" />
प्रकाशित मिति: आइतबार, माघ ९, २०७८  १४:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update