Erani Mahal
पाल्पामा शनिबार ६४ जनामा काेराेना संक्रमण पुष्टि
corona-gg
पाल्पा - पाल्पामा शनिबार थप ६४ जनामा कोरोना संक्रमण भएको छ । शुक्रबार ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले शनिबार सार्वजनिक गरेको कोरोना रिपोर्टमा जिल्लाका विभिन्न स्थानका ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार माथागढी गाउँपालिकाका २ जना, रामपुर नगरपालिकाका ९ जना, पूर्वखोला गाउँपालिकाका २ जना, रैनादेवी छहरा गाउँपालिकाका २ जना, रम्भा गाउँपालिकाका ३ जना, बगनासकाली गाउँपालिकाका १३ जना, तिनाउँ गाउँपालिकाका १३ जना, रिब्दीकोट गाउँपालिकाका ५ जना, निस्दी गाउँपालिकाका २ जना र तानसेन नगरपालिकाका १३ जनामा कोरोना पुष्टि भएको हो । यस्तै रम्भामा ३ जनामा कोरोना देखिएको छ । एन्टिजेन र पीसीआर माध्यम्बाट गरी कुल १ सय जनाको कोरोना परीक्षण गरिएकोमा ६४ जना संक्रमित देखिएका हुन् । शनिबार ६४ जना नयाँ संक्रमित थपिएपछि जिल्लाभर कोरोनाका सक्रिय संक्रमितको संख्या ३३८ पुगेको छ । सक्रिय संक्रमितमध्ये ५ जना अस्पतालमा भर्ना भएका छन् । यस्तै सोही अवधिमा १७ जना संक्रमित भने संक्रमण मुक्त भएको स्वास्थ्य कार्यालय पाल्पाका फोकल पर्सन कृष्ण पोखरेलले बताउनुभयो ।
प्रकाशित मिति: शनिबार, माघ ८, २०७८  २०:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update