Erani Mahal
गुल्मीमा जिप दुर्घटना : एक जनाकाे मृत्यु
Jeep_accident
गुल्मी - गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । शुक्रबार बेलुकी जिल्लाको मुसिकोट नगरपालिका वडानम्बर– ९ उर्लेनिबाट छिमेकी जिल्ला बाग्लुङको काडेबासतर्फ जाँदै गरेको लु१च ७२९८ नम्बरको जिप मुसिकोटको ददल्कामा दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते भएका मुसिकोट नगरपालिका वडानम्बर–९ का ५५ वर्षीय कालु भनिने तीर्थ विकको वामिटक्सारमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । दुर्घटनामा घाइतेमध्ये चालकसहित चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । सोही वडाका सवारी चालक २७ वर्षीय शंकर परियार, सोही वडाकै वर्ष ५८ का रिखे विक, २० वर्षीया सविना विक र वर्ष ५४ का सन्तवीर विक गम्भीर घाइते हुनुभएकाे छ । घाइतेहरूलाई थप उपचारको गर्न तानसेन ल्याइएकाे छ । घाइते २० वर्षीय प्रकाश विक र २६ वर्षीया रमिला विकको स्थानीय मेडिकलमा उपचार भइरेहेको प्रहरीले जनाएको छ । जिपमा ७ जना यात्रु सवार रहेका थिए । चिप्लो र अप्ठ्यारो सडक भएका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको भनाइ छ । जिप सडकबाट करीब ४० मिटर तल खसेको थियाे ।
प्रकाशित मिति: शनिबार, माघ ८, २०७८  ०८:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update