Erani Mahal
डोँकाेमा पानी बोकेर पिउन बाध्य छन्, पाल्पा झडेवाका बासिन्दा
kkkkk
पाल्पा – चुनावका बेला जनताको घर–घरमा धारा पु¥याउने चर्को नारा लाग्यो । चुनावबाट नेता पनि छानिए । चुनाव भएर नेताले जितेको पनि पाँच वर्ष बित्न लाग्यो । तर यहाँका बासिन्दाको घरमा अहिले नत घर–घरमा धारा आयो न नेता आए । चुनावका बेला उम्मेदवार र दलका कार्यकर्ताले लगाएको ‘एक घर, एक धारा’को नारा माथागढी झडेवाका स्थानीय बासिन्दाका लागि भने नारामै सीमित बनेको छ । झडेवाबासीलाई अहिलेसम्म डोकोमा पानी बोकेर खानुपर्ने बाध्यता रहेको छ । घर–घरमा धारा नहुँदा माथागढी गाउँपालिका वडा नं ४ झडेवा फेचेबासका जनताले अहिले पनि कुँवाको पानी बोकेर पिउन बाध्य भएका छन् । हिउँद होस् या वर्षात्को यहाँका बासिन्दाले पिउने पानी नपुगेर कुवा र पँधेराको पानी बोकेर पिउन बाध्य भएका छन् । सामुदायको सक्रियतामा निर्माण भएका कतिपय गाउँ छेउका धारा र टयाङकीमा हिउँदको समयमा पानी खस्दैन । युवा कृषक सचिन जिसीलाई गाउँमै केही गर्ने सोच थियो । उहाँले बाख्रापालन सुरु गर्नुभयो तर उहाँलाई बाख्रा फर्मको भन्दा पिउने पानीको चिन्ता छ । जिसीले घरदेखि तल हिँडेर अधेरी खोलामा विभिन्न संस्थाको सहयोग निर्माण भएको ट्याङकीबाट पानी बोक्दै आउनुभएको छ । उहाँले वर्षात्को समयमा पनि पानी बोक्नुपर्ने बाध्यता रहेको र हिउँदको समयमा खानेपानीको अभाव हुने गरेको बताउनुभयो । फेँचेबासका ११ घरधधुरीले अहिले पनि पानी राम्रोसँग पिउन पाएका छैनन् । बाँकी ४० घरधुरीमा पनि धारा जडान भएको छैन । गाउँमा खानेपानीको अभाव हुने गरेको भए पनि अहिलेसम्म गाँउपालिका, प्रदेश सरकारले चासो नदिँदा समस्या समधान हुन नसकेको जिसीले बताउनुभयो । तर माथागढी गाउँपालिकाले भने आथिक वर्ष २०७६/०७७ काफल खोला खानेपानी योजनाका लागि ५ लाख, आथिक वर्ष २०७७/०७८ मा १० लाखर आथिक वर्ष २०७८/०७९ मा ६ लाख बजेट विनियोजन भएको जनाएको छ । उक्त रकमले ट्याङकी निर्माण गरिएको र खानेपानीको पाइप बिस्तारको काम भइरहेको छ । यहाँका स्थानीय बासिन्दाको खानेपानीको समस्या समाधान गर्न बजेट विनियोजन भएको र छिट्टै घरघरमा धारा पु¥याउने लक्ष्य रहेको वडा अध्यक्ष मधु पराजुलीले बताउनुभयो ।
प्रकाशित मिति: शुक्रबार, माघ ७, २०७८  १९:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update