Erani Mahal
तानसेन कुनसरेकी महिलाकाे हत्यामा संलग्न भएका तीन जना पक्राउ
pakrau
पाल्पा – जिल्ला प्रहरी कार्यालय पाल्पाले तानसेन–६ की ६५ वर्षीया सरस्वती घर्तीको हत्यामा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । गत पुस २३ गते राति तानसेन–६, कुनसरेकी ६५ वर्षीया घर्तीको हत्या भएको थियो । प्रहरीले हत्या गरेको अभियोगमा तानसेन–६, कुनसरे बस्ने ४२ वर्षका कमलबहादुर घर्तीथापा, सोही स्थानबस्ने २७ वर्षका सुनिल परियार र अर्का २० वर्षका हरिबहादुर सुनारलाई पक्राउ गरेको हो । गत पुस २३ गते राति १ बजे धारिलो हतियार प्रयोग गरी घर्तीको हत्या गरेको उनीहरू तीनै जनाले बोकेर नजिकैको जङ्गलमा लगेर फालेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी लक्ष्मण पचभैँयाले जानकारी दिनुभयो । घर्तीको टाउकोमा गम्भीर चोट लागेको थियो भने घरको बिस्तरामा र ढोकामा रगत लागेको थियो । प्रहरीले उनीहरुमाथि थप अनुसन्धान भईरहेको जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, माघ ७, २०७८  १९:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update