Erani Mahal
पाल्पामा बढ्दै काेराेना संक्रमण : शुक्रबार थप ६७ जनामा कोरोना संक्रमण पुष्टि
Corona__
पाल्पा – पाल्पामा शुक्रबार थप ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले शुक्रबार सार्वजनिक गरेको कोरोना रिपोर्टमा जिल्लाका विभिन्न स्थानका ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार माथागढी गाउँपालिकाका ८ जना, रामपुर नगरपालिकाका ४ जना, पूर्वखोला गाउँपालिकाका १ जना, रैनादेवी छहरा गाउँपालिकाका ३ जना, रम्भा गाउँपालिकाका ७ जना, बगनासकाली गाउँपालिकाका ५ जना, तिनाउँ गाउँपालिकाका २ जना, रिब्दीकोट गाउँपालिकाका २ जना, निस्दी गाउँपालिकाका २ जना र तानसेन नगरपालिकाका ३३ जनामा कोरोना पुष्टि भएको हो । एन्टिजेन र पीसीआर माध्यम्बाट गरी कुल १ सय २७ जनाको कोरोना परीक्षण गरिएकोमा ६७ जना संक्रमित देखिएका हुन् । शुक्रबार ६७ जना नयाँ संक्रमित थपिएपछि जिल्लाभर कोरोनाका सक्रिय संक्रमितको संख्या २ सय ९१ पुगेको छ । सक्रिय संक्रमितमध्ये ६ जना अस्पतालमा भर्ना भएका छन् । यस्तै सोही अवधिमा ९ जना संक्रमित भने संक्रमण मुक्त भएको स्वास्थ्य कार्यालय पाल्पाका फोकल पर्सन कृष्ण पोखरेलले बताउनुभयो ।
प्रकाशित मिति: शुक्रबार, माघ ७, २०७८  १५:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update