पाल्पा – पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका –५ मुझुङमा आफ्नै घरको आगनमा लडेर एक महिलाको मृत्यु भएको छ ।
रैनादेवी छहरा गाउँपालिका –५ मुझुङ बस्ने ५९ वर्षीया गीता घर्ती मगर आफ्नै घरको आगनमा लडेर घाइते भएकी थिइन् । घाइते घर्ती मगरका उपचारका लागि स्थानीय स्वास्थ्य चौकीमा लगिएकोमा मृत्यु भएको हो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, माघ ७, २०७८ १५:२८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय