Erani Mahal
यस्तो छ कोभिडको तेस्रो लहरसँग जुध्न लुम्बिनी प्रदेशको तयारी
IMG_20220120_132840-1024x475
नेपालमा कोभिडको तेश्रो लहर आउन सक्ने बिज्ञहरुले चेतावनी सहि भएको छ । अहिले लुम्बिनी प्रदेश लगायतका नेपालका बिभिन्न स्थानहरुमा कोभिडको संक्रमण दर बढ्दो रहेको छ । लुम्बिनी प्रदेशले पनि कोभिडसंग जुध्न पूर्ण रुपमा तयारी गरेको छ । प्रदेशमा रहेका कोभिड बिशेष अस्पतालका साथै अन्य अस्पतालहरुलाई तयारी अवश्थामा रहन् निर्देशन गरिएको छ । अस्पतालमा एचडियु, आईसियु, भेन्टिलेटर, पिआईसियु एवम अक्सिजनको जोहो र अक्सिजन प्लाण्ट सञ्चालन तर्फ अस्पतालहरुलाई निर्देशन गरि सकिएको स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । दोश्रो लहरमा नेपालको स्वास्थ्य संरचनाहरुको अवश्था धर्मराएको अवश्थाबाट पाठ सिक्दै तेश्रो अवश्थाको सामना गर्न लुम्बिनी प्रदेश तम्तयार रहेको मन्त्रालयको भनाई छ । कोरोना भाइरसको संक्रमण फेरि बढ्ने र महामारी देखापर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै लुम्बिनी प्रदेशमा कोरोना भाइरसको तेस्रो लहर संक्रमण न्यूनिकरण गर्न तयारी सुरु गरिएको छ । जसमा अस्पतालमा जनशक्ति व्यवस्थापनदेखि भौतिक व्यवस्थापन, खोप एवम एन्टिजेन परिक्षणलाई तिव्रता दिने काम भएका छन् । कोरोनाको तेस्रो लहर व्यवस्थापनलाई भन्दै लुम्बिनी प्रदेशमा ४ वटा कोभिड बिशेष अस्पताल तयार रहेका छन् । रुपन्देहीमा रहेको लुम्बिनी प्रादेशिक अस्पताल, भैरहवा भिम अस्पताल, दाङको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान र नेपालगञ्जको भेरी अस्प्ताललाई बिशेष आईसोलेसन अस्पतालको रुपमा तोकिएको छ । यी ४ वटा अस्पतालहरुमा १ सय १० जनरल बेड, २ सय १९ वटा एचडियु, १ सय ३० आईसियु र ३२ वटा भेन्टिलेटर रहेका छन् । यस्तै अन्य २२ वटा आईसोलेसन अस्पतालमा ३ सय २५ सामान्य बेड, ४ सय ५ एचडियु बेड, १ सय २३ आईसीयु र ३० वटा भेन्टिलेटर गरि लुम्बिनी प्रदेशमा २६ वटा अईसोलेसन अस्पतालमा ४ सय ३५ सामान्य बेड, ६ सय २४ एचडियु बेड, २ सय ५३ आईसियु बेड र ६२ वटा भेन्टिलेटर तयारी अवश्थामा रहेको स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालयका सूचना अधिकारी डाक्टर पुष्पराज पौडेलले जानकारी दिनुभयो । अहिले प्रदेशमा १३ जना सामान्य शैया, ५९ जना एचडियु शैया, २८ जना आईसियुमा र २ जना भेन्टिलेटरमा रहि उपचार गराई रहेको पौडेलले जानकारी दिए । यस्तै पौडेलका अनुसार प्रदेशमा ८२ प्रतिशत नागरिकले पहिलो डोज र ६० प्रतिशत (३८ लाख ४३ हजार ५ सय २१ जना) ले कोभिड प्रतिरोधी पूर्ण खोप प्राप्त गरि सकेका छन् । कोभिड १९ को रोकथाम नियन्त्रण, उपचार र ब्यवस्थापनका लागी कोभिड १९ प्रतिकार योजना अनुरुप नै अगाडी बढेको मन्त्रालयको भनाई छ । अहिले सबै भन्दा महत्वपूर्ण खोप रहेकोले प्रदेश सरकारले खाजेरै भए पनि सबै नागरिकलाई खोप लगाउने योजना बनाएको छ । स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री ईन्द्रजीत थारुले राज्यले उपचारात्मक बिधिमा प्राथमिकता दिने र रोकथामको निम्ति नागरिकले पनि आफ्नो दायित्व प्राथमिकताका साथ पालन गर्नु पर्ने देखिएको बताउनुभयो । उहाँले नागकिरले पनि सरकारले निर्धारण गरेको स्वास्थ्य मापदण्ड पालन गरि सके सम्म अस्पताल पुग्न नपरोस भन्नेमा सचेत हुन आग्रह गर्नुभयोे ।
प्रकाशित मिति: शुक्रबार, माघ ७, २०७८  १३:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update