Erani Mahal
तानसेन नगरपालिका जमानी बसेर युवालाई ऋण
Tansen-nagarpalika
पाल्पा – सीप र क्षमता भएका युवालाई उद्यमी बनाउन स्थानीय सरकार नै जमानी बसेर विनाधितो ऋण प्रदान गरिएको छ । तानसेन नगरभित्रका युवालाई सहुलियत दरमा ऋण प्रदान गरी उद्यमी बनाउन तानसेन नगरपालिका बैँकमा जमानी बसेको हो । [gallery ids="8961"] नगरभित्रका ३० जना युवालाई विनाधितो सहुलियत दरमा ऋण प्रदान गर्ने प्रयोजनका लागि नगरपालिका जमानी बसेको हो । नगरका १४ वटै वडाका युवालाई उद्यमी बनाउने उद्देश्यका साथ तानसेन नगरपालिका ग्लोबल आईएमई बैँकमा जमानी बसेको नगरप्रमुख अशोककुमार शाहीले बताउनुभयो । नगरपालिका जमानी बसेपछि युवाले तीन देखि नौँ लाख रुपियाँसम्म विनाधितो ऋण पाउनेछन् । ऋण लिएका युवाले सहुलियत दरमा चार देखि पाँच प्रतिशत व्याज तिर्नुपर्नेछ । युवालाई आफ्नै ठाउँमा स्वरोजगार बनाउँदै आर्थिक रुपमा दरिलो बनाउन र स्वाभिमानी बनाउन नगरपालिकाले यो अभियान गत दुई वर्षदेखि नै सञ्चालन गर्दै आएको नगरप्रमुख शाहीले बताउनुभयो । युवाको सीपलाई उद्योगमा रुपान्तरण गरी स्वदेशमै रोजगारी सिर्जना गर्न नगरपालिकाले हालसम्म डेढसय युवाको व्यवसाय प्रबद्र्धनमा सहयोग पु¥याएको तानसेन नगरपालिकाले जनाएको छ । नगरपालिकाले युवाका लागि आवश्यक, तालिम तथा बजार प्रबद्र्धनमा समेत सहयोग गरेको छ । तानसेन नगरपालिका नगर प्रमुख, युवा उद्यमी, सम्बन्धित वडाका वडा सदस्य, कार्यपालिका सदस्यको रोहबर तथा जमानीमा युवालाई विनाधितो ऋण प्रदान गरिएको हो । १८ वर्षदेखि ४० वर्षसम्मका युवालाई समावेश गरिएको छ । बैदेशिक रोजगारीबाट फर्किएका, स्वदेशमा सानो व्यवसाय गरेपनि पूँजीको अभावमा उत्पादन बृद्धि गर्न नसकेका युवा, महिला, जनजाति, दलित, उत्पीडित समुदायलाई प्राथमिकतामा राखेर ऋण प्रदान गरिएको नगर प्रमुख शाहीले बताउनुभयो । पूँजी अभावमा युवा तथा उद्यमी पलायमान हुन नपरोस् भनेर नगरपालिका जमानी बसेको नगरपालिकाले जनाएको छ । युवाले कृषि, पशुपालन, व्यापार व्यवसाय, उद्योग सञ्चालनका लागि सहुलियतमा ऋण पाउने तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पिताम्वर पाण्डेयले जानकारी दिनुभयो । कुनैपनि युवा विदेश जान नपरोस्, सीप र क्षमता भए स्वदेशमै केही गर्न सकिन्छ भन्ने चाहना र दृढ इच्छाशक्ति िभएका युवालाई नगरपालिकाले सहयोग गरेको उहाँले बताउनुभयो ।
प्रकाशित मिति: शुक्रबार, माघ ७, २०७८  ११:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update