Erani Mahal
पाल्पा प्रशासनले अत्यावश्यक सेवा मात्र दिने : सेवा लिन खाेप कार्ड अनिवार्य
oo (3)
पाल्पा – जिल्ला प्रशासन कार्यालय पाल्पाले अत्यावश्यक सेवाबाहेक अन्य सबैखाले सेवा स्थगित गरेको छ । प्रशासनका कर्मचारीमा समेत कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएकाले अर्को सूचना जारी नहुँदासम्म अत्यावश्यक सेवाबाहेक अन्य सेवा बन्द गरेको प्रशासनले जनाएको छ । पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले माघ ९ गतेदेखि लागू हुने गरी शान्ति सुरक्षाका मुद्दा, फोटोसहितको मतदाता नामावली संकलन र नागरिकता प्रमाणपत्रबाहेकको अन्य सेवा स्थगित गरिएको बताउनुभयो । प्रशासनले अत्यावश्यक सेवा लिन आउदा पनि खोप कार्ड वा कोरोना बिरुद्धको खोप लगाएको कार्ड देखाउनुपर्ने जनाएको छ । खोप लगाएको कार्ड नभएको खण्डमा सेवासमेत नदिने प्रशासनले जनाएको छ । यसैबीच प्रमुख जिल्ला अधिकरी पन्तले काेराेना संक्रमण तथा नियन्त्रणका लागि १९ बुँदे आदेश जारी गर्नुभएकाे छ ।
प्रकाशित मिति: बिहीबार, माघ ६, २०७८  २०:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update