Erani Mahal
बुटवलमा ढिस्काेले पुरिएर २ जनाकाे मृत्यु, ३ जना घाइते
death
बुटवल - बुटवलको देबीनगरस्थित तिनाउ किनारमा ढिस्कोले पुरिँदा २ जनाकाे ज्यान गएकाे छ । बुटवल वडा नं.११ प्रगतिनगरस्थित तिनाउ नदी किनारमा आगो तापेर बसिरहेको अवस्थामा एक्कासी ढिस्काे खस्दा २ जनाकाे मृत्यु भएकाे हाे । उक्त घटनामा परी ३ जना घाइते भएका छन् । ढिस्काेले पुरिएर घाईते भएकोलाइ अस्पताल पुर्याएपनि दुइ जनाकाे बाटाेमै मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । ढिस्काेले पुरिएर मृत्यु हुनेमा स्थानीय गणाेश थापा र शिव थापा रहनुभएकाे छ । घटनामा परी केशव पुरी, अशाेक गाहा र अन्य १ जना घाइते हुनुभएकाे छ । ढिस्कोले पुरिएकाहरुलाई घटना लगत्तै स्थानीय र प्रहरीले उद्दार गरेर उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल पठाएको प्रहरीले जनाएको छ । जाडाे भएपछि आगाे ताप्तका लागि स्थानीय बासिन्दाले तिनाउ किनारको कुनामा पुगेका थिए ।
प्रकाशित मिति: बुधबार, माघ ५, २०७८  २१:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update