Erani Mahal
आफ्नै शरीरमा मट्टितेल खन्याएर आगो लगाएका कामीकाे मृत्यु
dead_Body
पाल्पा – आफ्नै शरीरमा मट्टितेल खन्याई आगो लगाएर गम्भीर घाइते एक जना पुरुषको मृत्यु भएको छ । जिल्लाको माथागढी–३, सराई बस्ने ५६ वर्षका तालबहादुर कामीले माघ १ गते मादक पदार्थ सेवन गरी आफ्नै शरीरमा मट्टितेल खन्याएर आगो लगाएका थिए । आगोबाट घाटीभन्दा तलको भाग पूरै जलेर कामी गम्भीर घाइते हुनुभएको थियो । गम्भीर घाइते कामीको तानसेनस्थित मिसन अस्पतालमा उपचारको क्रममा बुधबार मृत्यु भएको अस्पतालले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी लक्ष्मण पचभैँयाले जानकारी दिनुभयो ।
प्रकाशित मिति: बुधबार, माघ ५, २०७८  २०:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update