Erani Mahal
पाल्पामा बुधबार थपिए २४ जना संक्रमित
coronavirus_
पाल्पा – पाल्पामा बुधबार थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले बुधबार सार्वजनिक गरेको कोरोना रिपोर्टमा जिल्लाका विभिन्न स्थानका २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार माथागढी गाउँपालिकाका १ जना, रामपुर नगरपालिकाका १ जना, पूर्वखोला गाउँपालिकाका २ जना, रैनादेवी छहरा गाउँपालिकाका १ जना, रम्भा गाउँपालिकाका १ जना, बगनासकाली गाउँपालिकाका ३ जना, तिनाउँ गाउँपालिकाका १ जना, रिब्दीकोट गाउँपालिकाका २ जना, निस्दी गाउँपालिकाका १ जना र तानसेन नगरपालिकाका ११ जनामा कोरोना पुष्टि भएको हो । एन्टिजेन र पीसीआर माध्यम्बाट गरी कुल ५४ जनाको कोरोना परीक्षण गरिएकोमा २४ जना संक्रमित देखिएका हुन् । बुधबार २४ जना नयाँ संक्रमित थपिएपछि जिल्लाभर कोरोनाका सक्रिय संक्रमितको संख्या १ सय ९४ पुगेको छ । सक्रिय संक्रमितमध्ये २ जना अस्पतालमा भर्ना भएका छन् । यस्तै सोही अवधिमा ७ जना संक्रमित भने संक्रमण मुक्त भएको स्वास्थ्य कार्यालय पाल्पाका फोकल पर्सन कृष्ण पोखरेलले बताउनुभयो ।
प्रकाशित मिति: बुधबार, माघ ५, २०७८  १५:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update