Erani Mahal
पाल्पामा मंगलबार थपिए ५५ जना संक्रमित, १७७ जना हाेम आइसोलेसनमा
Child-Corona-Virus-1024x624
पाल्पा – पाल्पामा मंगलबार थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रैनादेवी छहरामा ९ जना, पूर्वखोलामा १ जना, रम्भामा ६ जना र बगनासकालीमा ७ जना, तिनाउमा १, रिब्दीकोटमा ३ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै रामपुरमा २ जना र तानसेनमा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । ७४ जनाको एनटिजीनबाट र ४३ जनाको पीसीआरबाट कोरोना परीक्षण गरिएकामा ५५ जना संक्रमित देखिएका हुन् । मंगलबार ५५ जना नयाँ संक्रमित थपिएपछि जिल्लाभर कोरोनाका सक्रिय संक्रमितको संख्या १ सय ७७ पुगेको छ । सोमबार एक सय २३ जना सक्रिय संक्रमित रहेका थिए । सक्रिय संक्रमित सबै १ सय ७७ जना नै होम आइसोलेसनमा उपचाररत रहेकाे स्वास्थ्य कार्यालय पाल्पाका फाेकल पर्सन कृष्ण पाेखरेलले बताउनुभयाे ।
प्रकाशित मिति: मंगलबार, माघ ४, २०७८  १९:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update