Erani Mahal
पाल्पामा महिलालाई जबर्जस्ती गरेकाे आरोपमा एक पुरूष पक्राउ
pakrau
पाल्पा - जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पाल्पाकाे निस्दीबाट एक जनालाइ पक्राउ गरेकाे छ । निस्दी गाउँपालिका–१, बाकामलाङबाट एक पुरुषलाई प्रहरीले पक्राउ गरेको जनाएकाे छ । आइतबार दिउँसो ६३ वर्षिया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले निस्दी-१, का ५८ वर्षीय उजुरसिंह आलेलाइ पक्राउ गरेकाे हाे । आइतबार दिउँसो घरमा एक्लै बसिरहेको अवस्थामा आलेले ती महिलालाइ जबरजस्ती करणी गरेको प्रहरीकाे भनाइ छ । ती महिलालाइ जबर्जस्ती गरेकाे भन्ने सूचना पाएपछि प्रहरीले ती पुरूषलाइ नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ परेका पुरुषलाई थप अनुशन्धानको लागि जिल्ला प्रहरी कार्यालय तानसेन पठाईएको प्रहरीले जनाएकाे छ ।
प्रकाशित मिति: सोमबार, माघ ३, २०७८  २१:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update