Erani Mahal
पछिल्लो २४ घन्टामा ६ हजार ७३४ जनामा कोरोना संक्रमण
Corona_virus
नेपालमा पछिल्लो २४ घन्टामा ६ हजार ७३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेके तथ्यांकअनुसार १७ हजार ४६५ वटा नमुना परीक्षण गर्दा ६ हजार ७३४ जनामा कोरोना पोजेटिभ देखिएको हाे । मन्त्रालयका अनुसार १४ हजार १४ जनामा गरिएको पीसीआर परीक्षणमा पाँच हजार ७४७ जनामा र तीन हजार ४५१ जनामा एन्टिजेन परीक्षण गर्दा ९८७ जनामा संक्रमण देखिएको हो । योसँगै देशभर सक्रिय संक्रमितको ३० हजार ८७७ पुगेको छ । पछिल्लो २४ घन्टामा ५७४ जना डिस्चार्ज भएका छन् भने तीनजनाको मृत्यु भएको छ ।
प्रकाशित मिति: सोमबार, माघ ३, २०७८  १७:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update