Erani Mahal
पाल्पामा 'बुस्टर डाेज'काे खाेप लगाउन सुरू
Untitled-1
पाल्पा – पाल्पामा आइतबारदेखि बुस्टर डोजको खोप लगाउन सुरु गरिएको छ । पहिलो दिन आइतबार कोरोना भाइरस नियन्त्रणका लागि पहिलो लहरमा खट्ने स्वास्थ्यकर्मीले बुस्टर डोजको खोप लगाएका छन् । पहिलो दिन लुम्विनी मेडिकल कलेजका १५० जना सवास्थ्यकर्मीले बुस्टर डोजको खोप लगाएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । भोलि सोमबारदेखि भने पाल्पा अस्पताल, मिसन अस्पताल, रामपुर अस्पतालका स्वास्थ्यकर्मीले समेत बुस्टर डोजका खोप लगाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय पाल्पाका क्षयकुष्ठ अधिकृत विश्वनाथ न्यौपानेले जानकारी दिनुभयो ।
प्रकाशित मिति: आइतबार, माघ २, २०७८  २०:११
प्रतिक्रिया दिनुहोस्
Weather Update