Erani Mahal
तीन दिनमा एकै स्थानमा तीन सवारी दुर्घटना !
271984603_4529308403844548_4638300598436571482_n
गुल्मी - गुल्मीदरबार गाउँपालिकाको बडा न.३ गौडाकोट म्यालपोखरीस्थित देउराली जङ्गलमा ३ दिनमा ३ वटा दुर्घटना भएकाे छ । घुम्ती र बाटाे चिफ्लाे भएका कारण उक्त स्थानमा दुर्घटना भएकाे अनुमान गरिएकाे छ । आइतबार बिहान लु.२ ख २९८१ नम्बरको टिप्पर दुर्घटनामा परेको प्रहरीले जनाएकाे छ । पहिलो दिन ग १ च ७५४७ नम्बरको डबल क्याब जिप, दोस्रो दिन हिजो तम्घास यात्रु छोडेर पोखरा फर्किदै गरेको ग १ ज ५२८० नम्बरको अल्ट्रो कार दुर्घटना भएकाे थियाे । दुर्घटनाकाे संख्या तीन वटा भएपनि हालसम्म मानवीय क्षति नभएको ट्राफिक प्रहरीले जनाएकाे छ । तर सवारीसाधनमा भने क्षति पुगेकाे छ ।
प्रकाशित मिति: आइतबार, माघ २, २०७८  ०९:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update