Erani Mahal
माघे संक्रान्तिमा रिडी मेला (फाेटाे फिचर)
271903859_3061314037449633_5105088549831611273_n
पाल्पा – यस क्षेत्रकै महत्वपूर्ण मानिने माघे संक्रान्ति मेला आजदेखि सुरु भएको छ । नेपालको चार धाममध्ये एक रुरु धाम (रिडी)मा आजदेखि पाँच दिनसम्म हरेक वर्ष विशेष मेला लाग्ने गर्दछ । हिन्दु धर्मालम्वीहरू माघे संक्रान्तिमा कालीगण्डकी नदीमा स्नान गरेर नजिकै रहेको ऋषिकेश मन्दिरको पाल्पा, स्याङ्जा र गुल्मीको सङ्गमस्थल रिडी क्षेत्र हिन्दु धर्मालम्बीहरू आस्थाको केन्द्रको रुपमा स्थापित छ । यो वर्ष कोरोना संक्रमणका कारण रिडी मेलामा उत्साहजनक सहभागिता छैन । स्थानीय प्रशासनले कोरोना संक्रमण हुने गरी मेला महोत्सव नगर्न सबैसँग आग्रह गरिसकेको छ । कोरोना संक्रमणका कारण पहिलो दिन विगतका वर्षमा जस्तो भक्तजनको उपस्थिति नरहेको स्थानीय बासिन्दाको भनाई छ । परापूर्व कालदेखि नै रुरु (रिडी) क्षेत्रमा मेला भर्न पाल्पा, गुल्मी, स्याङ्जा, अर्घाखाँची, रोल्पा, रुकुम, प्युठान, बाग्लुङ् लगायतका क्षेत्रबाट हजारौँ मानिसहरू आउने गर्दछन् । मेलामा यस क्षेत्रका स्थानीय बासिन्दाले उत्पादन गरेका घरेलु सामग्री बिक्रीका लागि मानिसहरू रिडी क्षेत्रमा आइसकेका छन् । [caption id="attachment_23341" align="alignnone" width="768"] तस्विर सहयाेग : चुरामणी तिमिल्सिना । [/caption]
प्रकाशित मिति: शनिबार, माघ १, २०७८  १९:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update