Erani Mahal
माथागढी गाउँपालिकाकाे दशाैँ गाउँसभा सम्पन्न
vvv
पाल्पा - माथागढी गाउँपालिकाकाे दशाैं गाउँसभा सम्पन्न भएको छ । विनियाेजन विद्येक र सरसफाइ सम्बन्धी विद्येक पारित गरेर गाउँपालिकाकाे दशाैँ गाउँसभा सम्पन्न भएकाे हाे । सभामा गाउँपालिकाकी उपाध्यक्ष निर्मला भट्टराइले संशाेधित विनियाेजन विद्येक पेश गर्नुभएकाे थियाे । सभा समापन कार्यक्रममा पत्रकार, उत्कृष्ठ शिक्षक, निवृत्त शिक्षक, जग्गा दातालाइ सम्मान गरिएकाे थियाे । कार्यक्रममा बाेल्नुहुँदै गाउँपालिकाका अध्यक्ष सन्ताेष थापाले जनताकाे अपेक्षा अनुसार गाउँपालिकाले काम गर्ने प्रयास गरेकाे बताउनुभयाे । उहाँले गाउँपालिकाकाे विविध समस्याका बावजुद आफूहरूले जनताकाे चाहना अनुसार काम गरेकाे उल्लेख गर्नुभयाे । उहाँले केही समयभित्र पालिकाकाे स्थितिपत्र सार्वजनिक गर्ने र याेजना बनाएर पालिकाकाे कामलाइ अगाडि बढाउने बताउनुभयाे । अध्यक्ष थापाले संचारकर्मीले पालिकाले गरेकाे कामकाे सत्यतथ्य बाहिर सार्वजनिक गर्न आग्रह गर्नुभयाे । गाउँसभामा गाउँपालिका प्रमुख प्रशाशकीय अधिकृत दिनेश ज्ञवालीले गाउँपालिकाबाट चालु आवमा भएकाे विकास निर्माण तथा अन्य कामकाे समीक्षात्मक प्रतिवेदन प्रस्तुत गर्नुभएकाे थियाे । समा समापन समाराेहमा नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष रेखीराम रानाले जनप्रतिनिधिले ५ वर्षकाे अबधिमा गरेकाे कामकाे समीक्षा गरेर सार्वजनिक गर्नुपर्नेमा जाेड दिनुभयाे । कार्यक्रममा महासंघकै उपाध्यक्ष भरत शर्मा, जग्गादाता बालकृष्ण जिसी, शिक्षक राजन अधिकारी, सेवानिवृत्त शिक्षक रामप्रसाद अर्याललगायतले शुभकामना मनतव्य राख्नुभएकाे थियाे । गाउँसभा प्रमुख प्रशासकीय अधिकृत दिनेश ज्ञवालीको सञ्चालन र गाउँपालिका प्रवक्ता मधु पराजुलीको स्वागतमा सम्पन्न भएकाे थियाे ।
प्रकाशित मिति: शनिबार, माघ १, २०७८  १९:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update