Erani Mahal
मुख्यमन्त्री केसीद्वारा माघे संकरातीकाे अवसरमा शुभकामना
kul pd kc
बुटवल - लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले ‘सोनाम’ ले समृद्धि प्रदेश निर्माणका लागि सबै समुदायको भावनात्मक र सहभागितालाई समानुपातिक र समावेशी ढंगले एकीकृत गर्न सकेमा मात्रै सम्भव हुने बताउनुभएको छ । लुम्बिनी प्रदेश थारु र मगर समुदायको सँस्कृतिले भरीपूर्ण प्रदेश भएको बताउँदै यसलाई सँरक्षण र समृद्धिका लागि प्रदेश सरकार तयार रहेको बताउनुभएको छ । हिजो पुस ३० गते साझँ माघे संक्रान्तिको अवसरमा सबैमा शुभकामना सन्देश दिदै यस्तो कुरा बताउनुभएको हो । मुख्यमन्त्रीकेसद्वारा जारी बक्तव्यमा भनिएको छः–“ हाम्रो प्रदेशमा बसोबास गर्ने समुदायहरुमध्ये सबैभन्दा बढी जनसंख्या रहेको थारु र मगर समुदायको लोकप्रिय चाड “माघे संक्रान्ति एवं माघी २०७८” को उपलक्षयमा प्रदेशवासी, देशबासी र विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदी बहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवम् निरन्तर समुन्नतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।” प्रदेश सरकारको तर्फबाट यस वर्ष लुम्बिनी प्रदेशका सबैभन्दा बढी थारु र मगर समुदायको बाहुल्य भएको बताउँदै २ गते पनि सार्वजनिक विदा प्रदान गरएकोबताउनुभयो । मुख्यमन्त्री केसीद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ–“लुम्बिनी प्रदेश सरकार निर्माणको पहिलो वर्षदेखि थारु र मगर समुदायको महान् पर्व माघे संक्रान्ति र माघीको उपलक्ष्यमा प्रदेश सरकारको तर्फबाट पौष अन्तिम दिन अर्थात यस वर्ष पौष ३० गते प्रदेश सरकारको तर्फबाट साँस्कृतिक झाँकीसहित माघे संक्रान्ति एवं माघी मिलन कार्यक्रम आयोजना गरिएको सन्दर्भमा यस पटक कोभिड १९ को तेस्रो लहर ओमिक्रोनको महामारीको कारणले गर्दा सो कार्यक्रम स्थगित गरिएको छ । साथै प्रदेश सरकारको तर्फबाट माघ १ र २ गते प्रदेशभर सार्वजनिक बिदा गरिएको छ । ” लुम्बिनी प्रदेश र नेपाल एउटा बहु जाति र बहु सँस्कृतिले भरीपूर्ण प्रदेश भएको बताउँदै सो विज्ञप्तीमाः–“हाम्रो देश नेपाल र लुम्बिनी प्रदेश बहु जाती, बहुभाषिक र बहु सँस्कृतिले भरिपूर्ण छ । यही हाम्रो देश र प्रदेशको विविध जाती, भाषा, सँस्कृति र भेषभुषालाई एकीकृत गरी अगाडि बढेमा मात्रै समृद्ध प्रदेशको निर्माण गर्न सक्दछौँ । यस भावना र मर्मलाई नेपालको संविधान–२०७२ ले पनि स्वीकार्दै विविध जाति, धर्म, सँस्कृति र समुदायको संरक्षण र सम्बद्र्धनका लागि अधिकार प्रदान गरेको कुरा सर्वविदितै छ । नेपाल र प्रदेशको विविधितालाई सम्पत्तिको रुपमा ग्रहण गरी प्रदेश सरकार अगाडि बढ्ने विश्वास दिलाउँदै संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, संघीयताको कार्यान्वयन, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थाका लागि बलिदानीपूर्ण संघर्षबाट नेपाली जनताले प्राप्त गरेका अधिकारहरूलाई संस्थागत गर्ने कुरा यो सन्देश मार्फत अवगत गराउँदछु । ” नेपालको संविधानले सबै वर्ग, जाती, समुदायको समावेशी र सहभागीता मुलुक निर्माण गर्ने मर्म अनुसार नै भएको बताउँदै भनिएको छः–“ मीले संविधानमा लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित संघीयताको कुशल कार्यन्वयन गर्दै समाजवादप्रति प्रतिबद्ध रही समृद्ध प्रदेश एवं राष्ट्र निर्माण गर्ने र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दीगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने संकल्प गरेका छौं । विगतका राज्यव्यवस्थाले सृजना गरेका वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक लगायतका सबै प्रकारको विभेद र उत्पीडनको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समाजवाद उन्मुख व्यावस्था निर्माण गर्ने हाम्रो संविधानको संकल्प छ । यसै अनुरुप सबै समुदायको चाड, पर्वलाई प्रदेश सरकारले समान पूर्वक मान्यता प्रदान गर्दै सबैको सहअस्तित्व, सहकार्य, भाइचारा, सद्भावलाई विकास गर्न सबैमा प्रेरणा प्रदान गर्नेछ भन्ने कुरामा विश्वास गर्दछु । ” समृद्ध प्रदेश निर्माणका लागि सबैलाई अपिल गर्दै भन्नुभएको छः–“अन्त्यमा प्रदेशबासीको जीवनलाई समृद्ध बनाउन “समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेश” बनाउने आकांक्षाको यात्रामा प्रदेश सरकार पूर्ण प्रतिबद्ध रहेको कुरा समेत व्यक्त गर्दछु । थारु र मगर समुदायको महान् पर्व माघे संक्रान्ति एवं माघी पर्व २०७८ को अवसरमा प्रदेशबाशीको हर्ष, उल्लास र सद्भावपूर्ण भावना कायम रहोस् भन्दै समृद्ध प्रदेश निर्माणका लागि सबै प्रदेशबासी एवं सम्पूर्ण नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । ” लुम्बिनी प्रदेशमा सबै समुदायको आफ्नै खाले सँस्कृति भए पनि एक अर्कामा भातृत्व र भाइचाराको समन्धका हिसावले पनि निकै सुमधुर समन्ध रहेको छ ।
प्रकाशित मिति: शनिबार, माघ १, २०७८  १७:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update