Erani Mahal
माघे संक्रान्ति मेला आजदेखि सुरू
Ridi-mela-gulmi-by-kapil-gyawali
पाल्पा – यस क्षेत्रकै महत्वपूर्ण मानिने माघे संक्रान्ति मेला आजदेखि सुरु भएको छ । नेपालको चार धाममध्ये एक रुरु धाम (रिडी)मा आजदेखि पाँच दिनसम्म हरेक वर्ष विशेष मेला लाग्ने गर्दछ । हिन्दु धर्मालम्वीहरू माघे संक्रान्तिमा कालीगण्डकी नदीमा स्नान गरेर नजिकै रहेको ऋषिकेश मन्दिरको पाल्पा, स्याङ्जा र गुल्मीको सङ्गमस्थल रिडी क्षेत्र हिन्दु धर्मालम्बीहरू आस्थाको केन्द्रको रुपमा स्थापित छ । परापूर्व कालदेखि नै रुरु (रिडी) क्षेत्रमा मेला भर्न पाल्पा, गुल्मी, स्याङ्जा, अर्घाखाँची, रोल्पा, रुकुम, प्युठान, बाग्लुङ् लगायतका क्षेत्रबाट हजारौँ मानिसहरू आउने गर्दछन् । मेलामा यस क्षेत्रका स्थानीय बासिन्दाले उत्पादन गरेका घरेलु सामग्री बिक्रीका लागि मानिसहरू रिडी क्षेत्रमा आइसकेका छन् । यद्यपी यो वर्ष कोरोना संक्रमणका कारण रिडी मेलामा उत्साहजनक सहभागिता छैन । स्थानीय प्रशासनले कोरोना संक्रमण हुने गरी मेला महोत्सव नगर्न सबैसँग आग्रह गरिसकेको छ ।
प्रकाशित मिति: शनिबार, माघ १, २०७८  ०९:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update