Erani Mahal
पछिल्लो २४ घण्टामा ४२ सय ४ कोरोना संक्रमित थपिए : तीन जनाको मृत्यु
covid-update
पछिल्लो २४ घण्टामा नेपालमा ४२ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ४७४ जनाको पीसीआर परीक्षण गर्दा ४२ सय ४ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार सात हजार ८६ जनाको एन्टीजेन परीक्षण गर्दा ८८३ जनामा संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टीजेन परीक्षणलाई हेर्दा संक्रमित हुनेको संख्या एकै दिन बिहीबार पाँच हजार ८७ पुगेको छ । त्यसैगरी २४ घण्टामा कोरोना संक्रमणबाट तीन जनाको मृत्यु भएको छ भने ३०६ जना निको भएका छन् । बिहीबार देशभर सक्रिय संक्रमितको संख्या १८ हजार २३५ पुगेको छ । पछिल्लो २४ घण्टामा तीन लाख २० हजार २६७ जनाले खोप लगाएका छन् ।
प्रकाशित मिति: शुक्रबार, पुस ३०, २०७८  १६:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update