Erani Mahal
पाल्पामा माघे संक्रान्तिलाई लक्षित गरेर तरुलको व्यापार (फोटोफिचर)
Polish_20220113_194204915
पाल्पा – माघे संक्रान्तिलाई लक्षित गरेर पाल्पाको सदरमुकाम तानसेन बजारका तरकारी तथा फलफूल पसल र सडकका छेउछाउमा तरुलको व्यापार सुरु भएको छ । अहिले तानसेनको तरकारी तथा फलफूल पसल र सडक छेउछाउमा तरुल किन्नेहरूको चहलपहल पनि बढेको छ । माघे सक्रान्तिमा तरूल, सखरखण्ड र कन्दमुलका परिकार खाने चलन रहँदै आएको छ । यो पर्व नजिकिएसंगै अहिले बजारमा तरूलको व्यापार बढेको छ । अघिपछि बजारमा फाटफुट रूपमा मात्रै देखिने तरूल लगायत कन्दमुलको व्यापार माघे संक्रान्तिको अवसरमा व्यापक हुने गर्दछ । तरुल प्रायः तराई र पाल्पाका विभिन्न ठाउँहरूबाट ल्याउने गरेको व्यवसायीहरू बताउँछन् । हेरौँ केही तस्बिर :
प्रकाशित मिति: शुक्रबार, पुस ३०, २०७८  १६:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update