Erani Mahal
माघे संक्रान्ति मेला नगर्न प्रशासनकाे आदेश : रिडीमा बन्याे  मेलाका लागि स्टल
271895988_5500238249991487_1596754325005312983_n
पाल्पा – स्थानीय प्रशासनले यस वर्ष कोरोना संक्रमण बढेकाले माघे संक्रान्ति मेला महोत्सव नगर्न आदेश जारी गरेका छन् । जिल्ला प्रशासन कार्यालय पाल्पा र गुल्मीले रिडी क्षेत्रमा माघे संक्रान्तिको अवसरमा मेला महोत्सव नगर्न आदेश जारी गरिसकेको छ । कोरोना संक्रमणको दर बढेको भनेर प्रशासनले मेला महोत्सवजन्य गतिबिधि नगर्न आग्रह गरेको हो । यद्यपी माघ १ गते शनिबारदेखि सुरु हुन लागेको माघे संक्रान्ति मेलाका लागि भने स्टल बनाउने कार्य धमाधम चलिरहेको छ । माघे संक्रान्ति मेलाका लागि भन्दै रुरु क्षेत्र रिडी धाममा स्थानीय व्यापारीहरुले व्यापार व्यवसाय संचालन गर्न भनेर स्टल निर्माण गर्ने, मेलाको तयारी गर्ने जस्ता गतिबिधि गरिरहेका छन् । यसले कोरोनाको संक्रमण बढ्न सक्ने अनुमान गरिएको छ । कोरोना संक्रमण बढेका बेला मेला महोत्सव नगर्न आग्रह गरेपनि स्थानीय व्यक्तिहरुले स्टल बनाउने र व्यापार व्यवसाय गर्ने गतिबिधि गर्न थालेका गुनासा आएका छन् ।
प्रकाशित मिति: बिहीबार, पुस २९, २०७८  २१:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update