Erani Mahal
स्वर्गीय पिताको सम्झनामा जेहेन्दार छात्रवृत्ति तथा सम्मान कार्यक्रम
269975957_4733587166707170_5692564770763164323_n
पाल्पा - निस्दी गाउँपालिका वडा नम्बर-६,अर्चले,सात्दोबाट पाल्पामा स्वर्गीय पिताको सम्झनामा जेहेन्दार छात्रवृत्ति तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । आफ्ना पिता स्वर्गीय पिता भुवान सिं सारुको ११ औं पुण्य तिथिको अवसरमा छोरा बिबश सारुले उक्त कार्यक्रम गरेको हो । टोलमा रहेका गरीब तथा जेहेन्दार १ छात्र र १ जना छात्रालाई विद्यालय पोशाक,कापी र कलम वितरण गरेको हो । त्यसैगरी टोलकै सबैभन्दा जेष्ठ नागरिक र एकल महिलालाई दोसल्लाले सम्मान गरेको छ । कार्यक्रममा वडाध्यक्ष मेख बहादुर सुनारीले नेपाल विद्धुत प्राधिकरण पाल्पा शाखामा सिनियर मिटर रिडरमा कार्यरत बिबश सारुले यस्तो सराहनीय र प्रशंसानिय कार्य गरेकोमा धन्यवाद प्रकट गर्नुभएको छ ।
प्रकाशित मिति: बिहीबार, पुस २९, २०७८  १६:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update