Erani Mahal
रामपुर नगरपालिकाकाे नगर सभा सम्पन्न
271544996_629193305000530_413433633106752995_n
पाल्पा - रामपुर नगरपालिकाको १० औँ नगर सभा सम्पन्न भएको छ । आर्थिक वर्ष २०७८/०७९ अन्तर्गतकारकमान्तर गर्दै रामपुर नगरपालिकाको १० औँ नगर सभा सम्पन्न भएको हो । नगर सभाको उद्घाटन गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले नगरको विकासका स्थानीय सरकार आफ्नो क्षमताले भ्याए सम्म प्रयत्नशिल रहँदै आए पनि पनि विविध समस्याका कारण लक्ष्य अनुसार अघि बढ्न नसकिएको बताउनुभयो । संघियता पछिको पहिलो स्थानिय सरकार भएका कारण विकासमा भन्दा पनि ऐन, कानुन र कार्यविधि मै केन्द्रित हुनु पर्दा विकासको लक्ष्य हासिल गर्न नसकेको बताउनुभयो । उज्यालो नगर घोषणा, व्याज अनुदान कार्यक्रम, ढलरहित नगर जस्ता कार्यक्रमलाई प्रथामिकताका विच अघि बढाएको बताउनुभयो । कार्यक्रममा रामपुर नगरपालिकाका उपप्रमुख विष्णु देवि घिमिरे आचार्यले अन्यायमा परेका नागरिकलाई न्याय दिलाउन नगरपालिले महत्वपूर्ण काम गर्दै आएको बताउनुभयो । जनप्रतिनिधिहरुको कार्य अवधि अव सकिने क्रममा रहेको भन्दै उहाँले निर्वाचित हुनु भन्दा अघि जनता माझ गरिएका प्रतिवद्धता पुरा गर्नका लागि बाँकी समय खर्चिने समय आएको बताउनुभयो । कार्यक्रममा रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गंगालाल सुवेदीले नगरपालिकाले चालु आर्थिक वर्षको ६ महिनामा प्राप्त गरेको उपलब्धीको बारेमा जानकारी गराउनुभयो । उहाँले कुल बजेट मध्ये चालु तर्फ २२ दशमलव २ प्रतिशत र पुँजीगत तर्फ १ दशमलव ५८ प्रतिशत गरी जम्मा १४ प्रतिशत मात्र खर्च भएको बताउनुभयो । उहाँले पुँजीगत खर्च समय मै गर्नका लागि समय मै लाग्नु पर्ने बताउनुभयो । उहाँले शाखा गत प्रगति विविरण पनि प्रस्तुत गर्नु भएको थियो । नगर सभाले वडा बाट सिफारिस भएर आएका वडा गत योजना र नगरका योजनाहरु मध्ये केहीको शिर्षक परिवर्तन र केही योजनाको रकमान्तर गरेको छ । रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापाको अध्यक्षतामा भएको सभा प्रमुख प्रशासकिय अधिकृत गंगालाल सुवेदीको स्वागत, उपप्रमुख विष्णु देवि घिमिरे आचार्यको धन्यवाद र कृषि शाखा अधिकृत रामहरी पाण्डेको सञ्चालनमा भएको हो ।
प्रकाशित मिति: बिहीबार, पुस २९, २०७८  १५:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update