Erani Mahal
गुल्मीमा कोभिड नियन्त्रण गर्न  स्मार्ट लकडाउन
1642049525-mDfYc
गुल्मी - पछिल्लो समयमा कोभिड-१९ तीब्र रुपमा फैलिरहेको अवस्थालाई दृष्टिगत गरी गुल्मीमा कोरोना रोकथाम तथा नियन्त्रण गर्न कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र गुल्मीले स्मार्ट लकडाउन गर्ने निर्णय गरेको छ। सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुने गरी मेला, भेला तथा महोत्सव नगर्ने नगराउने , माघे संक्रान्ती लगायतका पर्व गाउँ टोलमै रही भिंडभाड नहुने गरी मनाउने र पर्वको नाममा मेला महोत्सव नगर्ने नगराउने निर्णय गरेको छ। सबै आधारभूत तथा माध्यमिक विद्यालयहरु सञ्चालनको हकमा नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्णयानुसार गर्ने । विश्वविद्यालय, क्याम्पस लगायत शैक्षिक प्रतिष्ठानका पूर्व निर्धारित परीक्षाहरु जनस्वास्थ्यका निर्धारित मापदण्ड पालना गरी सञ्चालन गर्ने निर्णय गरेको छ । यस्तै माघ ७ गतेदेखि सार्वजनिक सेवा प्राप्त गर्दा र सार्वजनिक स्थल (कार्यालय, होटल, रेष्टुरेन्ट र पार्क आदि) मा प्रवेश गर्दा कोभिड विरुद्धको खोप लगाएको कार्ड (मोबाइलमा फोटो भए पनि हुने) अनिवार्य गर्ने ,जिल्ला स्वास्थ्य कार्यालयले नियमित खोप केन्द्रहरुबाट खोपलाई अभियानकै रुपमा अगाडि बढाउने र स्थानीय तहमा निशुल्क एन्टिजेन परीक्षणको व्यवस्था मिलाउने साथै, लक्षित समुदायमा पर्ने खोप लिन इच्छुक सबैलाई माघ १५ भित्र खोप लगाउने प्रवन्ध गर्ने निर्णय गरेको छ । उद्योगधन्दा, कलकारखाना, व्यपार व्यवसाय, बैंक तथा वित्तिय संस्थाका साथै सेवा प्रवाह गर्ने सबै कार्यालय (सरकारी/गैर सरकारी) ले जनस्वास्थ्यका निर्धारित मापदण्ड अनिवार्य रुपमा पालना हुने व्यवस्था मिलाउने, जिल्लामा सञ्चालन हुने सार्वजनिक एवम् नीजि सवारी साधन देहाय बमोजिमका मापदण्ड पालना गरेर मात्र सञ्चालन गर्ने,सवारी चालक, सहचालक र सबै यात्रुहरुले अनिवार्य मास्क लगाउने, मास्क नलगाउने यात्रुलाई सवारी साधनमा प्रवेश नगराउने र सिट क्षमता भन्दा बढी यात्रु नराख्ने ,स्यानिटाइजरको व्यवस्था गर्ने र सवारी साधन दैनिक निसंक्रमण गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको सुचनामा उल्लेख गरिएको छ।
प्रकाशित मिति: बिहीबार, पुस २९, २०७८  १४:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update