Erani Mahal
रुपन्देहीमा आफ्नै सहकर्मीले चक्कु प्रहार गर्दा पाल्पा माथागढीका सुनारी घाइते
270421752_1073339783489221_5842228931023489284_n
रुपन्देहीको देवदहमा आफ्नै सहकर्मीले चक्कु प्रहार गर्दा एक जना घाइते भएका छन् । देवदह नगरपालिका–४ बिजयपुर स्थीत ईन्द्रेणी प्लास्टीक उद्योगमा अप्रेटरको रुपमा काम गर्ने वेत बहादुर सुनारीलाई सोही उद्योगमा अप्रेटरकै रुपमा काम गर्ने भुपाल क्षेत्रीले मंगलबार दिउँसो चक्कु प्रहार गरेका हुन् । चक्कु प्रहारबाट पाल्पाको माथागढी गाँउपालिका–६ स्थायी घर भएका २२ वर्षीय वेत बहादुर सुनारी घाइते भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । सुनारीको टाँउको र घाँटीमा चाेट लागेको छ । उनको मणिग्राममा स्थित क्रिमसन अस्पताल उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले चक्कु प्रहार गर्ने सैनामैना नगरपालिका–१ रानीबगियाका ३० वर्षीय भुपाल क्षेत्रीलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान भई रहेकाे प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, पुस २९, २०७८  १३:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update