Erani Mahal
निस्दीमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु
accident2019-04-05
पाल्पा- पाल्पाको निस्दी गाउँपालिकाको सिन्धुरेमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको पूर्वी भेग निस्दी ७ को भित्री सडक खण्डमा पसल देखि घर तर्फ जाने क्रममा मोटरसाईकल अनियन्त्रीत भई दुर्घटना हुँदा मोटरसाईकल चालक सोही ठाउँका ४४ वर्षीय ओम बहादुर गाहाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । सिन्धुरेमा किरान पसल देख घर फर्कनेक्रमा लु ६ प १५२३ नंम्बरको मोटरसाईकल अनियन्त्रीत हँदा गाहाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका निमित्त प्रमुख रामेश्वर त्वातीले बताउनुभयो । मोटरसाईकलको पछाडी सवार मृतक गाहाको श्रीमती नीरमाया गाहा घाईते हुनुभएको छ । घाइते गाहाको टाउकोमा चोट लागेको छ । घटना के कति कारणले भएको हो भन्ने थप अनुशन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, पुस २८, २०७८  ०८:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update