Erani Mahal
बालबालिकामा हुने मधुमेहः यी तीनवटा ‘डी’मा ध्यान दिन जरुरी
doc7bn1699n51waeyjsgaf
बालबालिकामा हुने मधुमेह वर्षेनी बढ्दो क्रममा रहेको छ। यो रोगबाट अभिभावक तथा आफन्तहरु डर त्रासले आक्रान्त भएको पाइन्छ। यो रोगको कारणले गर्दा बालबालिको शरीरमा इन्सुलिन भन्ने हर्मोन बन्न सक्दैन र शरीरमा इन्सुलिन हर्मोनको कमी हुन्छ। जसले गर्दा शरीरमा सुगरको मात्रा बढी हुन्छ र विभिन्न किसिमका लक्षणहरु देखा पर्छन्। जस्तै: दुब्लाउदै जानु, छिटो–छिटो पिसाब आउनु, धेरै भोक लाग्नुका साथै थकाई लाग्नु। यी लक्षणहरुलाई नियन्त्रण गर्न इन्सुलिन हर्मोनको आवस्यक पर्दछ र इन्सुलिन बाहिरबाट लगाउनु पर्ने हुन्छ। जसले गर्दा आफैंले नै इन्सुलिन लगाउन सिक्नुपर्छ। इन्सुलिन लगाउन सिक्दा कम्तिमा दुईजना अभिभावक र बिरामी समेतले सिक्नु पर्छ। सुगर रोग नियन्त्रण गर्नको लागि तीनवटा ‘डी’को बालबालिकाहरु र अभिभावकहरुले ध्यान दिन जरुरी छ। डी: डाइट डाइट भन्नाले सन्तुलित खाना हो। सन्तुलित आहारबाट नै शक्ती उत्पन्न हुन्छ। बालबालिकाहरुलाई बढ्न र बलियो हुनको लागि शक्ती चाहिन्छ। सुगर रोगका बालबालिकाहरुले खानाको मात्रामा ध्यान दिनुपर्दछ। खानाबाट सुगर नियन्त्रण गर्नुपर्छ। त्यसकारण दिनमा कति खाना खाने? के–के खाने र कुन समयमा खाने। यी सबै कुरामा ध्यान दिनु जरुरी हुन्छ। सुगरलाई नियन्त्रण गरेन भने शरीरमा अनेक खालको समस्याहरु निम्तिन्छन्। डी: ड्रग यस सन्दर्भमा ड्रग भनेको इन्सुलिन हर्मोन हो। बालबालिकामा हुने सुगर नियन्त्रणको लागि इन्सुलिन हर्मोनको आवस्यक पर्दछ। यस रोगमा शरीरको गतिविधि तथा सुगरको आधारमा इन्सुलिन हर्मोनलाई मिलाउनु पर्दछ। इन्सुलिन लगाउनुको साथै इन्सुलिनलाई सुरक्षित साथमा चिसो ठाउँमा राख्नु पर्दछ। जस्तै: फ्रिजको ढोकामा अथवा फ्रिजको तल्लो भागमा राख्नु पर्दछ। डी: डीसीप्लेन यसमा मोनिटर र एक्सरसाइज पर्दछन्। मर्यादामा बसेर खानपिन तथा इन्सुलिनको साथसाथै तेस्रो डी अर्थात डिसिप्लेनलाई पनि ध्यान दिन त्यतिकै जरुरी छ। शरीरको व्यायमले पनि सुगरलाई व्यायामको आवश्यक पर्दछ। सुगरको बिरामीले जसले गर्दा इन्सुलिनको मात्रामा घटबढ गर्न मद्दत पुर्‍याउँछ।
प्रकाशित मिति: मंगलबार, पुस २७, २०७८  १५:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update