Erani Mahal
विशेषसहित ५२ जिल्लामा एमाले अध्यक्ष निर्वाचित (सूचीसहित)
baglung-uml_EgA5lZpyVS
एमाले जिल्ला अधिवेशनको नतिजा आउने क्रम जारी छ । पुस २३ गते ६१ जिल्ला र त्यसपछि अन्य जिल्ला गरी ६५ जिल्लाको अधिवेशन सुरु भएकोमा मंगलबार बिहानसम्म भूगोलतर्फ ५० जिल्ला र दुई गैरभौगोलिक तर्फको नेतृत्व टुंगिएको नेकपा एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार बुधबारसम्ममा अन्य जिल्लाको परिणाम पनि आइसक्नेछ । एमालेको जिल्ला अधिवेशनमा केही जिल्लामा सर्वसम्मत नेतृत्व चयन भएको छ भने केहीमा मतदानमार्फत नेतृत्व छानिएको छ । यी हुन् अहिलेसम्म निर्वाचित अध्यक्षहरुः १) झापा – दीपक कार्की २) मोरङ – ऋषिकेश पोखरेल ३) खोटाङ – रामप्रसाद दंगाल ४) धनकुटा – इन्द्रमणि पराजुली ५) तेह्रथुम – तेजमान कन्दङवा ६) पाँचथर – राजकुमार भण्डारी ७) भोजपुर –शरण राई ८) इलाम– महेश बस्नेत ९) सोलुखुम्बु– डुफकुमार बास्तोला १०) उदयपुर– प्रमेश्वर घिमिरे ११)ओखलढुंगा–शंकर कटुवाल १२) ताप्लेजुङ– भुपेन्द्रबहादुर थेबे १३) सप्तरी – ताराकान्त चौधरी १४) सिरहा– बिन्देश्वर मण्डल १५) धादिङ – भूमि त्रिपाठी १६) काभ्रेपलाञ्चोक – अशोक ब्यान्जू १७) भक्तपुर – बचन देउजा १८) रसुवा – कर्णेल तामाङ १९) रामेछाप – आनन्दकुमार श्रेष्ठ २०) नुवाकोट – बद्री मैनाली २१) मकवानपुर – एकलाल श्रेष्ठ २२) काठमाडौं – दीपक निरौला २३) ललितपुर – पुरुषोतम आचार्य २४) सिन्धुली– कुमारबहादुर कार्की २५) दोलखाः नरबहादुर श्रेष्ठ २६) गोरखा – प्रेम गुरुङ २७) तनहुँ – श्रीप्रसाद श्रेष्ठ २८) म्याग्दी – देवेन्द्र केसी २९) लमजुङ – कृष्णप्रसाद अधिकारी ३०) बागलुङ– हिराबहादुर केसी ३१) पर्वत–राजु पौडेल ३२) नवलपुर–मुक्ती पाण्डे ३३) पाल्पा – धनेन्द्रराज घिमिरे ३४) गुल्मी – बालकृष्ण काउछा मगर ३५) अर्घाखाँची – पिताम्बर भुसाल ३६) बाँके – किस्मत कुमार कक्षपती ३७) बर्दिया – लालबहादुर श्रेष्ठ ३८) दाङ – हुकुमबहादुर बस्नेत ३९) रुपन्देही – तेजेन्द्र केसी ४०) कपिलवस्तु – डम्मर शर्मा ४१) नवलपरासी ९पश्चिम० – दीपेन्द्र अधिकारी ४२) प्युठान–बिजयविराज विष्ट ४३) डोल्पा – शेरबहादुर बुढा ४४) सल्यान – गोविन्द पुन मगर ४५) जुम्ला – शान्तिलाल महत ४६) रुकुम– नन्दराम देवकोटा ४७) डडेल्धुरा – प्रकाश साउद ४८) बैतडी– सुरेन्द्र पाल ४९) डोटी–चक्र मल्ल ५०) कैलाली– रतन थापा ५१) मजदूर विशेष – जितेन्द्र श्रेष्ठ ५२) पेशागत विशेष – उमेश ढकाल  
प्रकाशित मिति: मंगलबार, पुस २७, २०७८  ११:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update