Erani Mahal
रामपुर नगरपालिकाले पुस २७ गते  सार्वजनिक विदा दिने निर्णय
Prithivi-jayanti_rampur
पाल्पा – राष्ट्रिय एकता दिवस पुस २७ गते रामपुर नगरपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको छ ।   रामपुर नगरपालिकाले एक सूचना जारी गर्दै राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा बिदा दिने निर्णय गरेको हो । नेपाल राष्ट्रको एकीकरण गरेका पृथ्वीनारायण शाहको योगदानको सम्मान गर्दै रामपुर नगरभित्रका सरकारी कार्यालयहरु तथा संघ संस्थाहरुमा सार्वजनिक बिदा दिने निर्णय गरिएको रामपुर नगरपालिकाका प्रमुख रमन बहादुर थापाले बताउनुभयो ।
प्रकाशित मिति: मंगलबार, पुस २७, २०७८  ११:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update