Erani Mahal
पाल्पाकाे बतासेडाँडामा टिप्परले माेटरसाईकललाई ठक्कर दिदा १ जना गम्भीर घाइते
IMG_20220109_170925

पाल्पा - पाल्पा जिल्लाको तानसेन रिडी सडक खण्ड अन्तर्गत तानसेन नगरपालिका - ५ बतासेडाँडामा टिप्परले मोटरसाइकललाई ठक्कर दिदा दुई जना घाईते भएका छन् । सर्देवाबाट चुनढुङ्गा लिएर बुटवल तर्फ जादै गरेको लु २ ख १७१३ नम्बरको टिप्परले सोहि दिशा तर्फ जादै गरेको लु २० प ७४८९ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक गुल्मी रुरु क्षेत्र गाउँपालिकाका ४० बर्षीय राजु थापा गम्भीर घाइते भएकाे र सोहि स्थानकै ३९ बर्षीय सन्जु थापा सामान्य घाईते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । आइतबार दिउसो करिब ३ बजे भएको दुर्घटनामा घाईतेको मिसन अस्पताल तानसेनमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिनुभयो ।

 
प्रकाशित मिति: आइतबार, पुस २५, २०७८  १७:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update