Erani Mahal
तानसेनकाे कुनसरेमा मृत भेटिएकी घर्तीकाे हत्या भएकाे पुष्टि, अनुसन्धान जारी
rrr
पाल्पा – शुक्रबार बिहान मृत भेटिनुभएका तानसेन–६, कुनसरेकी ६५ वर्षीया महिलाको हत्या भएको पुष्टि भएको छ । तानसेन–६, कुनसरेमा एक्लै बस्दै आउनुभएकी सरस्वती घर्तीथापाको शुक्रबार बिहान ७ बजेतिर घर नजिकैको भीरमा शब भेटिएको थियो । घर्तीको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । ती महिलाको कसले र किन हत्या ग¥यो भन्ने विषयमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिनुभयो । उहाँका अनुसार हत्यामा संलग्नको खोजी कार्य भईरहेको छ ।
प्रकाशित मिति: शनिबार, पुस २४, २०७८  १०:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update