Erani Mahal
तानसेनकाे श्रीनगर साैन्दर्यकरण याेजनामा पछि हट्याे 'बतास'
tansen-from-shreenagar-danda-copy
पाल्पा - नारायणहिटी, पशुपतिको धर्मशालादेखि देशभरको सांस्कृतिक धरोहरमा व्यापार गर्न 'पल्केको' बतास ग्रुप तानसेन नगरपालिकाकाे श्रीनगर साैन्दर्यकरण याेजनाबाट पछि हटेकाे छ । बतास ग्रुपकाे स्वार्थअनुसारको काममा तानसेन नगरपालिकाले सहमति जनाउन नसकेपछि उक्त व्यापारिक समूह पछि हटेकाे हाे । तानसेन नगरपालिकाकाे सार्वजनिक निजी साझेदारी (सानिसा) कार्यक्रम अन्तर्गत पाल्पाको ऐतिहासिक तथा पर्यटकीय स्थल श्रीनगरको सौन्दर्यकरण, सञ्चालन तथा व्यवस्थापनका लागि बतास ग्रुपले काम गर्नका लागि प्रस्ताव गरेकाे थियाे । श्रीनगरकाे साैन्दर्यकरणकाे प्रस्तावमा सहभागी भएको बीपीएस लिजिङ एन्ड म्यानेजमेन्ट प्रालि सम्झौताको अन्तिम चरणबाट पछाडि हटेको तानसेन नगरपालिकाले जनाएकाे छ । तानसेनको श्रीनगर क्षेत्रलाई पर्यापर्यटनको रूपमा विकास, संरक्षण, सम्बर्द्धन तथा उचित व्यवस्थापन गरी पर्यटकीय आकर्षणको रूपमा विकास गर्ने उद्देश्यअनुसार नगरपालिकाले २०७६ सालमा प्रस्ताव माग गरेकाे थियाे । उक्त प्रस्तावमा ५ वटा समूहले निवेदन हालेकामा बतास ग्रुप अन्तर्गतको बीपीएस लिजिङ एन्ड म्यानेजमेन्टसँगै जेभीमा पोखराका दुई वटा कम्पनी जोडिएका थिए । जसमा प्रनि होल्डिङ र सिटी स्क्वायर रहेका थिए। उक्त कम्पनीले काेराेनाकाे संक्रमण र राजनैतिक संक्रमण जस्ता कारण देखाएर सम्झाैताबाट पछि हटेकाे नगरपालिका सानिसा कार्यक्रमका फाेकल पर्सन दुर्गाबहादुर थापाले बताउनुभयाे । नगरपालिकाले उक्त कम्पनीलाइ एमओयू (प्रारम्भिक सम्झौता) गर्न बोलाएको थियो। एमओयूका लागि छलफल भएर केही दिनको समय मागेको बीपीएस जेभी नआएपछि नगरपालिकाले पत्र काटेको थियो । तर उक्त समूहले राजनैतिक र काेराेनाकाे कारण देखाएर सम्झाैता गर्नबाट पछि हटेकाे थापाले बताउनुभयाे । श्रीनगर सौन्द्रर्यकरण, सञ्चालन तथा व्यवस्थापन आयोजनामा काम गर्ने चाहनेले कम्तिमा २० करोड रुपैयाँको लागनी गर्नु पर्ने गरी प्रस्ताव माग गरिएको थियो। नगरपालिकाले श्रीनगरकाे साैन्दर्यकरण र पर्यावरण नबिग्रने गरी साना संरचना मात्र बनाउन दिने र वन क्षेत्र बिगार्न नपाइने शर्त राखेकाे थियाे । यस्तै उक्त कम्पनीले गरेकाे आम्दानीकाे १० प्रतिशत नगरपालिकालाइ बुझाउनुपर्ने शर्त राखेकाे थापाले बताउनुभयाे । तर उक्त शर्तले बतास समूहकाे स्वार्थ पूरा नहुने देखेर सम्झाैताबाट पछि हटेकाे स्राेतले जनाएकाे छ । यी शर्तले अप्ठेराेमा परेकाे कम्पनीका प्रतिनिधिले १५ दिनपछि हामी साेचेर आउँछाैँ भनेपनि पछि अन्य कारण सहितकाे पत्र पठाएकाे हाे । जंगलभित्र संरचना बनाउन नपाउने र आम्दानी भएको रकमबाटै सिधै १० प्रतिशत नगरपालिकालाई तिर्न नसक्ने बन्दै उनहीहरू पछाडि हटको स्राेतले जनाएकाे छ । उनीहरूले श्रीनगर क्षेत्रमा ठूला संरचना बनाउन पाउनुपर्ने र आम्दानीकाे यतिधेरै रकम नगरपालिकालाइ दिन नसकिने बताउँदै आएका थिए । श्रीनगर सौन्द्रर्यकरण योजना कसरी आएको थियो? तानसेन नगरपालिकाको नगरसभाबाट तानसेन नगरपालिकाको विकाससँगै पर्यटकीय आकर्षण गन्तव्यको रुपमा विकास गर्ने गरी श्रीनगर सौन्द्रर्यकरण सञ्चालन तथा व्यवस्थथापन परियोजनाको रूपमा आठ वटा आयोजना अगाडि बढाउने निर्णय गरेको थियो। सोही निर्णयअनुसार २०६७ कात्तिक १ गते प्रस्ताव माग गरिएको थियो। श्रीनगरलाई पर्यटकको पहिलो रोजाइ बनाउनुका साथै गर्मी मौसमका लागि लुम्बिनी प्रदेशकै प्रमुख गन्तव्य बनाउने उद्देश्य तानसेन नगरपालिकाले लिएको हो। जसमा परियोजनाको विकास र भविष्यमा हुने फाइदालाई हेरेर परियोजनालाई सार्वजनिक निजी साझेदारीमा बढाएको नगरपालिकाले जनाएको छ। जसका लागि सार्वजनिक निजी साझेदारी ऐन (सानिसा) ऐन, २०७५ तथा नियमावली २०७५ अनुसार सञ्चालन तथा व्यवस्थापनको कार्य निजी क्षेत्रले गर्ने योजनाअनुसार काम बढेको हो। जसमा सबै कामको अनुगमन र मूल्याङ्‍कन नगरपालिकाले गर्ने उल्लेख छ।
प्रकाशित मिति: शुक्रबार, पुस २३, २०७८  २०:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update