Erani Mahal
एमाले पाल्पाकाे नवाैँ अधिवेशन (हेर्नुहाेस् तस्विरमा)
271628370_6952054921501272_5940983650908160588_n
पाल्पा – नेकपा एमाले पाल्पाको नवौें जिल्ला अधिवेशन सुरू भएकाे छ । तानसेन नगरपालिका –९ तिन्टीआँप मदनपोखरामा एमालेकाे अधिवेशन शुक्रबारदेखि सुरू भएकाे हाे । नवौँ अधिवेशनको उद्घाटन एमालेका पूर्वमन्त्री एवं पाेलिटव्यूराे सदस्य दलबहादुर रानाले गर्नुभयाे । उहाँले अब एमाले एकताबद्ध भएर अघि बढ्ने बताउनुभयाे । अधिवेशनका लागि पाल्पाका सबै वडा तथा पालिकाबाट प्रतिनिधि कार्यक्रम स्थलमा आइपुगेका छन् । उद्घाटन कार्यक्रममा नेकपा एमालेका नेताहरू ठानेश्वर बस्याल, सिर्जना काफ्ले, ठाकुर गहिरे र दलबहादुर राना, राधाकृष्ण कँडेललगायतले बाेल्नुभएकाे थियाे । अधिवेशनमा जिल्लाभरबाट ७ सय बढी प्रतिनिधि, पार्टीका कार्यकर्ता, मतदाता तथा स्थानीय बासिन्दाकाे सहभागिता रहेकाे छ । हेर्नुहाेस् तस्विरमा एमाले अधिवेशन : तस्विर : खेमराज पाण्डेयकाे सहयाेगमा ।
प्रकाशित मिति: शुक्रबार, पुस २३, २०७८  १९:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update