Erani Mahal
एमाले पाल्पाकाे अधिवेशन सुरू
uml palpa1
पाल्पा - नेकपा एमाले पाल्पाको नवौें जिल्ला अधिवेशन सुरू भएकाे छ । तानसेन नगरपालिका –९ तिन्टीआँप मदनपोखरा शुक्रबारदेखि सुरू भएकाे हाे । नवौँ अधिवेशनको उद्घाटन एमालेका पूर्वमन्त्री एवं पाेलिटव्यूराे सदस्य दलबहादुर रानाले गर्नुभयाे । अधिवेशनका लागि पाल्पाका सबै वडा तथा पालिकाबाट प्रतिनिधि कार्यक्रम स्थलमा आइपुगेकाे एमाले पाल्पाले जनाएको छ । उद्घाटन कार्यक्रममा नेकपा एमालेका नेताहरू ठानेश्वर बस्याल, सिर्जना काफ्ले, ठाकुर गहिरे र दलबहादुर रानाले बाेल्नुभएकाे थियाे । अधिवेशनमा जिल्लाभरबाट ७ सय बढी प्रतिनिधि, पार्टीका कार्यकर्ता, मतदाता तथा स्थानीय बासिन्दाकाे सहभागिता रहेकाे छ ।
प्रकाशित मिति: शुक्रबार, पुस २३, २०७८  १४:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update