Erani Mahal
रामपुर उद्योग वाणिज्य संघको साताैं साधारण सभा, माघमा अधिवेशन गरिने !
r (1)
पाल्पा - रामपुर उद्योग वाणिज्य संघ पाल्पाको सातौं साधारण सभाले आगामी माघ दोस्रो साता संघको अधिवेसन गर्ने निणर्य गर्दै सकिएको छ । साधारण सभा तथा अधिबेसनको उद्घाटन गर्नुहुदै उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण प्रसाद शर्माले उद्योग वाणिज्य व्यवसायीको गन्तव्य समृद्धि नै भएको बताउनुभएको छ । नेता र स्थानीय तहले भन्ने गरेको समृद्धि भित्र्याउन उद्योग वाणिज्य महासंघ लागेको उहाँको भनाई थियो । सबैको उद्घोष एउटै भए आर्थिक विकासका लागि हामी किन एक नहुने उहाँले प्रतिप्रश्न गर्दै परनिर्भर भइरहेको अबस्थामा आत्मनिर्भर हुने गरि काम गर्न आग्रह गर्नुभयो । संभावना भएको रामपुर क्षेत्रमा उत्पादन बढाउन र बाहिर पढाउन साथै बाहिरबाट पर्यटक आउने वातावरण बनाएर यहाँको अर्थतन्त्र बृद्धि गर्न समेत उहाँले सबैमा सुझाउनुभएको छ । रामपुर नगरपालिकाका नगर उपप्रमुख बिष्णुदेवी घिमिरे आचार्यले नगरपालिकाले उद्योग वाणिज्य संघसँग सहकार्य गरेर कार्यक्रम गरिरहेको बताउदै युवालाई लक्षित गर्दै व्याज अनुदान कार्यक्रम नगरपालिकाले चलाएको बताउनुभयो । बजार अनुगमन समिति संयोजक समेत रहनुभएकी उपप्रमुख आचार्यले कतिपय व्यवसाय दर्ता नभएको र सडक च्यापेर यत्रतत्र सामान राख्ने प्रबृत्तिलाई व्यवस्थित गर्न आबश्यक रहेको बताउनुभयो । उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश सदस्य तथा पाल्पा उद्योग वाणिज्य संघका उपाध्यक्ष भिम बहादुर श्रेष्ठले पाल्पाको विकास र स्थानीयको उजागरमा उद्योग वाणिज्य संघले खेलेको भुमिका महत्वपुणर् रहेको उल्लेख गर्नुभयो । लुम्बिनी प्रदेश उद्योग वाणिज्य महासंघ महिला उद्यमी विकास समिति सदस्य तथा पाल्पा उद्योग वाणिज्य संघका सदस्य रन्जना अर्यालले राज्यले महिला उद्यमीका लागि छुट लगायत विभिन्न कार्यक्रम ल्याएपनि सन्तोषजनक रुपमा अबसरको सदुपयोग गर्नमा चासो नदिएको भन्दै यसको उपयोग गरि आत्मनिर्भर बन्न आग्रह गर्नुभयो । सभामा रामपुर उद्योग वाणिज्य संघका सल्लाहकारहरु राजु प्रसाद श्रेष्ठ,हुमनाथ न्यौपाने, नेत्र प्रसाद भट्टराई, फणेश्वर गौतम, कमलराज भट्टराईले रामपुर क्षेत्रको उत्पादन, पर्यटन, लगानी र हरेक विकासमा उद्योगी, व्यापारी, व्यवसायीको भुमिका र रामपुर क्षेत्रको विकासका लागि खेल्न सकिने भुमिकामा अग्रसर बन्दै जाने बताउनुभएको थियो । कार्यक्रममा नेपाली काङ्ग्रेस रामपुर नगर उपसभापति ज्ञान प्रसाद भण्डारी, नेकपा एमाले नगर अध्यक्ष बिष्णु प्रसाद रेग्मी, नेकपा एकीकृत समाजवादीका नगर उपाध्यक्ष राम प्रसाद भण्डारी, नेकपा माओबादी केन्द्रका नगर अध्यक्ष यम बहादुर सुनार, राष्ट्रिय जनमोर्चा नेपाल रामपुरका अध्यक्ष हरि प्रसाद गैरे(सुर्य), अन्धकार मुक्ति बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष सागर प्रसाद देवकोटा, रामपुर दोस्रो साना शहरी खानेपानी उपभोत्ता संस्थाका उपाध्यक्ष हजुलदिन मिँया, पत्रकार बन्दना पोखरेलले उद्योग वाणिज्य संघले खेलेको भुमिका र विगतमा यसले गरेको काम अनुसार आगामी कार्ययोजनाका बिषयमा बोल्नुभएको थियो । संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै यो समिति आइसकेपछि संघले सारेको त्रिवर्षिय रणनैतिक योजना कार्यान्वयनकै चरणमा विश्व आक्रान्त बनाएको कोभिड१९ ले उद्यागी व्यबसायीमा पारेको नराकारात्मक प्रभावले व्यवसाय थिचिएको बताउनुभयो । उहाँले व्यवसायीलाई राहत हुने कार्यक्रम ल्याउन सरकारलाई आग्रह गर्नुभयो । २०७२ साल असोज २४ गते जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको संघले २ वटा मेला महोत्सव गरेको उहाँले बताउनुभयो । आगामी दिनमा पर्यटन प्रबद्र्धनलाई प्राथमिकता दिदै महत्वपुणर् पर्यटन स्थल, लोपोन्मुख कला संस्कृति र भवन निर्माणका काममा अग्रसर हुने अध्यक्ष ढकालले भावी योजना प्रस्तुत गर्नुभयो । साथै करिडोरमा सहज यातायात, आयात-निर्यात व्यवस्थापन, कालीगण्डकी नदीमा र्‍याफ्टिङ, औधोगिक ग्राम तथा औधोगिक क्षेत्र स्थापना र कलकारखाना व्यवस्थापनमा सहजिकरण गर्ने रणनिति लिएको बताउनुभयो । रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालको अध्यक्षतामा भएको साधारण सभा उद्घाटन कार्यक्रममा संस्थाका वाणिज्य उपाध्यक्ष दुर्गा प्रसाद भट्टराईले स्वागत गर्नुभएको थियो भने संघका उद्योग उपाध्यक्ष रुद्रनारायण श्रेष्ठले धन्यवाद व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन संघका महासचिब खिम बहादुर क्षेत्री(पुरुषोत्तम)ले गर्नुभएको हो । संघले कार्यक्रमका अबसरमा पाहुनाहरुलाई मायाँको चिनो प्रदान गरेको थियो । यसैबिच सभाको बिच-बिचमा कलाकारको प्रस्तुति पनि देखाइएको थियो । संघको बन्दसत्रले महासचिव र कोषाध्यक्षको प्रतिवेदन पास गरेको छ भने आगामी माघ १० गतेदेखि संघको तेस्रो अधिवेसनको प्रक्रिया थाल्ने निणर्य गरेको छ । यसका लागि संघले शहिद बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख मुरारी प्रसाद काफ्लेलाई निर्वाचन अधिकृत तोकेको छ । संघका कोषाध्यक्ष राजेन्द्र प्रसाद देवकोटाले आर्थिक वर्ष २०७८/०७९ को आम्दानी १ करोड ४७ लाख ४१ हजार अनुमानित बजेट प्रस्तुत गर्नुभएको थियो । हाल रामपुर उद्योग बाणिज्य संघमा ९१ महिला र ५ सय ७५ पुरुष गरि ६ सय ६६ जना साधारण सदस्य रहनुभएको छ ।
प्रकाशित मिति: शुक्रबार, पुस २३, २०७८  ०८:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update