Erani Mahal
रामपुरकाे गाउँ स्तरीय भलिवल प्रतियोगिता : पुरुष तर्फ हरिनास र महिलामा निस्दीलाई उपाधि
khel r (1)
पाल्पा- पाल्पाको रामपुरमा एक सातादेखि जारी गाउँ स्तरीय खुला भलिवल प्रतियोगिता सकिएको छ । स्थानीय जुनतारा युवा क्लब रामपुर ६ बिजयपुरको आयोजनामा भएको खेलमा पुरुष तर्फ स्याङ्गजाको हरिनास गाउँपालिका गैरागाँउको टिमले जित हात पारेको छ । महिला तर्फ पाल्पा निस्दी गाँउपालिका गल्धाको टिम बिजेता बनेको छ । बिहिबार भएको फाइनल खेलमा तनहुँको घिरिङ्ग गाउँपालिकाको प्रगतिशिल युवा क्लब बैैडीको टिमलाई पछि पार्दै हरिनास गाउँपालिका स्याङ्गजाको टिम बिजेता बनेको हो । ५ सेटको खेलमा ३-२ को सेटले हरिनास बिजेता बनेको थियो । कडा प्रतिस्पर्धामा २-२ सेट जितेर बराबरी भएकोमा अन्तिम सेटमा हरिनासले खुला स्तरीय पुरुष भलिवल प्रतियोगिताको उपाधि जितेको हो । पहिलो र चौथो सेट घिरिङले २८/२६ र २५/२१ अंक, दोस्रो, तेस्रो र पाचौं सेट २५/२३, २५/२१ र १५/१३ अंक सहित हरिनास बिजेता बन्यो । तृतीयका लागि रामपुर ७ र रामपुर ३ बिचको खेलमा २५/१८ र २५/२२ गरि २/० को सोझो सेटले रामपुर ३ ले जितेको थियो । तनहुँ घिरिङ्गको टिमले उपबिजेतामा चित्त बुझाएको छ । तृतीय रामपुर ३ को टिम भएको छ । महिला तर्फको भलिवल प्रतियोगितामा पाल्पाकै निस्दीको टिम बिजेता बनेको हो । रामपुर ५ मटेरीको टिम उपबिजेता बनेको छ । प्रतिस्पर्धात्मक खेलको २ सेट जित्दै निस्दी बिजयी भएको हो । पुरुष तर्फ बिजेता भएसँगै हरिनास गाउँपालिकाको टिमले नगद ३० हजार, द्धितियले नगद २० हजार र ृतृतीयले नगद १५ हजार मेडल प्रमाणपत्र प्राप्त गरेको छ । महिला तर्फ बिजेताले १० हजार र उपबिजेतताले नगद ५ हजार मेडल प्रमाणपत्र प्राप्त गरेको छ । गत पुष १६ देखि शुरु भएको प्रतियोगितामा आयोजक टिम सहित पुरुष तर्फ २२ र महिला तर्फ ७ टिमले भाग लिएका थिए । खेल संयोजक लोक बहादुर आले (राजन)को अध्यक्षतामा खेल भएको थियो भने स्वागत सल्लाहकार बासुदेव ढकाल र सञ्चालन क्लबका सदस्य सुदिप गैरेले गर्नुभएको हो ।
प्रकाशित मिति: शुक्रबार, पुस २३, २०७८  ०८:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update