Erani Mahal
एमाले पाल्पाको अधिवेशन तिन्टीआँपमा भोलि हुँदै
270106941_10224403370024563_7125896952299670716_n
पाल्पा – नेकपा एमाले पाल्पाको नवौें अधिवेशन तानसेन नगरपालिका –९ तिन्टीआँप मदनपोखरामा शुक्रबार हुदैँ छ । नेकपा एमाले पाल्पाको नवौँ अधिवेशनको लागि सम्पूर्ण तयारी पूरा भई सकेको एमाले पाल्पाले जनाएको छ । अधिवेशनका लागि पाल्पाका सबै वडा तथा पालिकाबाट प्रतिनिधि छनौटको काम भई सकेको नेकपा एमाले पाल्पाले जनाएको छ । केन्द्रीय स्तरका नेताहरूले सहमतिमै नेतृत्व चयन गर्ने बताइरहेपनि आकांक्षी बढी देखिएपछि नेतृत्वमा सहमति हुने सम्भावना कम छ । पार्टीभित्र बिग्रन नहुने गरी सहमतिमै नेतृत्व चयन गर्ने तयारी गरेकाे केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज ठाकुर गहिरेले बताउनुभयाे । उहाँले अधिवेशनमा पार्टीभित्र देखिएको सबैखाले समस्या समाधान गर्ने विस्वास गर्नुभयो । यस्तै जिल्लाका पदाधिकारीमा समेत दुईभन्दा बढी आकांक्षी देखिएका छन् । पदाधिकारीसहित एक सय पाँच जनाको जिल्ला कमिटीका लागि समेत अकांक्षी तेब्बर बढी छन् । यसअघि पार्टीमा विभाजन रोक्नका लागि चार सय जनाको जिल्ला समिति बनाइएको थियो । अहिले उक्त समितिमा रहेका सदस्य सबैजसो जिल्ला समितिमा आउन अकांक्षी छन् । नेतृत्व सहित सहमति नभए निर्वाचन हुने नेताहरूले बताएका छन् । जिल्ला अधिवेशनका लागि सात सय ८० जना प्रतिनिधि चयन भइसकेको प्रचार प्रसार तथा प्रकाशन विभागका प्रमुख गुराँस आत्रेयले जानकारी दिनुभयो ।
प्रकाशित मिति: बिहीबार, पुस २२, २०७८  १६:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update