Erani Mahal
निस्दी र पूर्बखोला जोड्ने रेचेघाटमा पक्की पुल निर्माण तीव्र
re
पाल्पा- निस्दी र पूर्बखोला गाउँपालिका जोड्ने रेचेघाटमा पक्की पुल निर्माण तीव्र भएकाे छ । निस्दी गाउँपालिका र पूर्बखोला गाउँपालिका पाल्पालाई जोड्ने निस्दीखोला रेचेघाटमा पक्की पुल निर्माणकार्यले तीब्रता पाएको छ । यसै आर्थिक वर्षसम्ममा सम्पन्न गर्ने लक्ष्य राखेको उक्त पुल निर्माणकार्य सम्पन्न भएपछि यस भेग आसपासका स्थानीय जनताले निकै ठूलो राहतको महसुस गर्नेछन् । यस क्षेत्रमा पुल नहुँदा वर्षातकाे समयमा स्थानीयले सास्दी भाेग्दै आएका छन् ।
प्रकाशित मिति: बिहीबार, पुस २२, २०७८  १५:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update